शनिबार, २४ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान#जगद्गुरु श्री आदि शंकराचार्य#२५ लाख रुपैयाँ सहयोग#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष #एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान#जगद्गुरु श्री आदि शंकराचार्य#२५ लाख रुपैयाँ सहयोग#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष
राजनीति

वामदेवको दाबी- मैले नेतृत्व लिएको आन्दोलन अहिलेसम्म असफल भएको छैन

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २ साउन, २०८२ मा प्रकाशित
वामदेवको दाबी- मैले नेतृत्व लिएको आन्दोलन अहिलेसम्म असफल भएको छैन
काठमाडौं, साउन २ :

नेकपा (एकीकृत समाजवादी) का नेता वामदेव गौतमले आफूले नेतृत्व लिएको आन्दोलन अहिलेसम्म असफल नभएको दाबी गरेका छन् ।

नेपाल राष्ट्रिय एकता अभियान र नेकपा (एकीकृत समाजवादी) बीचको एकता कार्यक्रममा उनले आफूले जिम्मा लिएको आन्दोलन अहिलेसम्म सफल मात्रै भएको जिकिर गरे । एक्लै हुँदा सफल हुन नसकेको भन्दै अब आफू एकता गरेर नेकपा (एकीकृत समाजवादी) मा आएको बताए । नेपालमा कम्युनिस्ट पार्टी एउटै निर्माण गर्नुपर्ने उनको भनाइ छ ।

‘आज म एक्लै आएको छैन । एक्लै आउँदा कहिल्यै पनि सफल भइनँ । चार वर्ष लाग्यो । त्यसो भएर आज म नेकपा एकता राष्ट्रिय अभियान बोकेर आएको छु । धेरै कमरेडहरुलाई सँगै ल्याएको छु,’ गौतमले भने, ‘नेपालमा कम्युनिस्ट पार्टी एउटै निर्माण गर्नुपर्छ । छरिएर रहेका कम्युनिस्ट पार्टीलाई एकताबद्ध गर्नुपर्छ । म आन्दोलनको नेता हुँ । मैले जिम्मा लिएको आन्दोलन अहिलेसम्म असफल भएकै छैन । सफलतमात्रै प्राप्त भएको छ ।’

नेता गौतमले नेपाली जनतालाई मालिक बनाएर छोड्ने प्रतिबद्धता पनि जनाए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार