नेपाल कम्युनिस्ट पार्टी एमालेको पोलिटब्युरो बैठक आज पनि बस्दैछ ।
बैठक आज बिहान ११ बजेबाट पार्टी कार्यालय च्यासलमा सुरु हुनेछ । हिजोबाट सुरु भएको बैठकमा पार्टीको विधान महाधिवेशनका विषयमा विशेष गरी छलफल जारी छ ।
हिजोको बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्तावमाथि पोलिटब्युरो सदस्यहरुले धारणा राख्ने क्रम जारी छ । आजपनि नेताहरूले आ आफ्नो धारणा राख्ने कार्यक्रम छ ।
हिजोको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो राजनीतिक घटनाक्रम,सरकार र विधानका बारेमा जानकारी गराएका थिए । उनले विधान निर्माण गर्ने काममा पार्टीका नेतालाई रचनात्मक भूमिका खेल्न निर्देशन दिन आग्रह समेत गरेका छन् ।
एमालेको विधान महाधिवेशन आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा राखिएको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
जनदबाबपछि रिहाई भन्दा कानुन विपरीत पक्राउ र ‘ह्यारेसमेण्ट’ बन्द गर्न सरकारलाई कांग्रेसको ध्यानाकर्षण
सञ्चारमन्त्री तिमिल्सिनाले सामाजिक सञ्जालमार्फत भने- पक्राउ परेका सबै पत्रकारलाई छाडियो
प्रधानमन्त्रीको सचिवालयले भन्यो- पत्रकार पक्राउमा प्रधानमन्त्री कार्यालयको संलग्नता छैन
समाचार कक्षबाटै पत्रकारलाई नियन्त्रणमा लिएको घटनाप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण
थप समाचार
जनदबाबपछि रिहाई भन्दा कानुन विपरीत पक्राउ र ‘ह्यारेसमेण्ट’ बन्द गर्न सरकारलाई कांग्रेसको ध्यानाकर्षण
सञ्चारमन्त्री तिमिल्सिनाले सामाजिक सञ्जालमार्फत भने- पक्राउ परेका सबै पत्रकारलाई छाडियो
स्वास्थ्य सेवा सुधारमा कागेश्वरी मनोहराको छलाङ, छैटौँबाट तेस्रो स्थानमा उक्लियो