सोमबार, ९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

च्यासलमा एमाले पोलिटब्युरो बैठक जारी, आजै सक्ने तयारी

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, ३ साउन, २०८२ मा प्रकाशित
च्यासलमा एमाले पोलिटब्युरो बैठक जारी, आजै सक्ने तयारी
काठमाडौं, साउन ३ :

नेकपा एमालेको जारी दोस्रो दिनको पोलिटब्युरो बैठक आजै (शनिबार) सक्ने तयारीसाथ पार्टी मुख्यालय च्यासलमा बसिरहेको छ ।

पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले बैठक आजै सकाउने तयारी रहेको जानकारी दिए । उनका अनुसार पार्टीको विधान संशोधन प्रस्तावमा अहिलेसम्म ६ नेताले धारणा राखिसकेका छन् ।

‘अहिलेसम्म ६ जनाले बोलिससक्नु भएको छ,’ उनले भने, ‘आजै बैठक सक्ने तयारी छ ।’ बैठकमा ७० वर्षे उमेरहद र दुई कार्यकालभन्दा बढी दोहोरिन नपाउने व्यवस्था विधानबाट हटाउने सचिवालयको निर्णयबारे बहस भइरहेको छ ।

 

शेयर: Facebook Twitter WhatsApp

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार