नेकपा एमालेको जारी दोस्रो दिनको पोलिटब्युरो बैठक आजै (शनिबार) सक्ने तयारीसाथ पार्टी मुख्यालय च्यासलमा बसिरहेको छ ।
पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले बैठक आजै सकाउने तयारी रहेको जानकारी दिए । उनका अनुसार पार्टीको विधान संशोधन प्रस्तावमा अहिलेसम्म ६ नेताले धारणा राखिसकेका छन् ।
‘अहिलेसम्म ६ जनाले बोलिससक्नु भएको छ,’ उनले भने, ‘आजै बैठक सक्ने तयारी छ ।’ बैठकमा ७० वर्षे उमेरहद र दुई कार्यकालभन्दा बढी दोहोरिन नपाउने व्यवस्था विधानबाट हटाउने सचिवालयको निर्णयबारे बहस भइरहेको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।