युवा फुटबल प्रतियोगिता डाना कपमा सहभागिता जनाउने काष्ठमण्डप विद्यालय र लुम्बिनी फुटबल एकेडेमीको टोली डेनमार्क प्रस्थान गरेको छ ।
काष्ठमण्डप विद्यालयले यू-१४ र लुम्बिनीले यू-१६ उमेर समूहमा प्रतिस्पर्धा गर्नेछ । काष्ठमण्डपबाट २० खेलाडी र तीन अफिसियल गरी टोली २३ सदस्यीय शनिबार डेनमार्क प्रस्थान गरेको हो ।
खेल २१ देखि २६ जुलाईसम्म सञ्चालन हुनेछ । काष्ठमण्डपका प्रशिक्षक सन्तोष न्यौपाने मच्छिन्द्र क्लवका पनि प्रशिक्षक हुन्। लुम्बिनीको प्रशिक्षको जिम्मेवारी विजय महर्जनले सम्हालेका छन् ।
युरोपियन फुटबल महासंघको मान्यताप्राप्त डाना कपमा ७० भन्दा बढी देशका एक हजार बढी खेलाडीले सहभागिता जनाउँदै छन् । डाना कप सन् १९८२ देखि सुरु भएको युवा फुटबल प्रतियोगिता हो ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।