शनिबार, १४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सबै पत्रकार रिहा#कागेश्वरी मनोहरा#काठमाडौंमै तेस्रो स्थानमा#वार्षिक स्वास्थ्य समीक्षा#पाँच सय कन्टेनर थन्किए#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन#प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण#डीडीसीका तत्कालीन महाप्रबन्धक#सञ्जीव झा पक्राउ#निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी #सबै पत्रकार रिहा#कागेश्वरी मनोहरा#काठमाडौंमै तेस्रो स्थानमा#वार्षिक स्वास्थ्य समीक्षा#पाँच सय कन्टेनर थन्किए#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन#प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण#डीडीसीका तत्कालीन महाप्रबन्धक#सञ्जीव झा पक्राउ#निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी
समाचार कला/साहित्य

‘हाम्रा संस्कृति भनेका खुला संग्रहालय हुन्’

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, ५ साउन, २०८२ मा प्रकाशित
‘हाम्रा संस्कृति भनेका खुला संग्रहालय हुन्’
काठमाडौं, साउन ५ :

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले प्रसिद्ध संगीतकर्मी अरुण थापाको स्मृतिमा गरिएको रचनात्मक कार्यले नेपाली समाजमा सांस्कृतिक चेतना र जागरण ल्याएको बताएका छन् ।

दिवंगत अरूण मगरको २६औं स्मृति दिवसका अवसरमा स्रष्टा सम्मान एवं बृहत् सांस्कृतिक कार्यक्रममा उनले संस्कृति कुनै निर्जीव वस्तु नभई जीवनको आधार र समाजको प्राण तत्त्व भएको स्पष्ट पारे । उनले भने, ‘संस्कृतिभित्र प्राण छ । हामी खुला सङ्ग्रहालयका रूपमा बाँचिरहेका छौं । हाम्रो भाषा, रहनसहन, खानपान र सोच सबै फरक छन् तर यही विविधता हाम्रो शक्ति हो ।’

मन्त्री पाण्डेले नेपालमा हाल १३१ भाषा बोलिने जनाउँदै अझै थप भाषा सूचीमा आउने उल्लेख गरे । उनका अनुसार अभौतिक सांस्कृतिक सम्पदाको सूचीमा सूचीकृत हुन १०५ निवेदन प्राप्त भइसकेका छन् ।

“हामी अतिथि देवो भवः भन्ने संस्कारमा विश्वास राख्छौं । अभौतिक सांस्कृतिक पक्षलाई अझ मजबुत बनाउँदै आगामी दिशा तय गर्दैछौं,’ मन्त्री पाण्डेले भने ।

देउडा, कौडा र विभिन्न जातीय नृत्य अब मूलधारको पहिचानमा ल्याउन थालिएको मन्त्री पाण्डेको भनाइ छ । उनले संस्कृतिसम्बन्धी नीति अगाडि बढिरहेको र नीति पारित भएपछि अभौतिक सम्पदाहरूले औपचारिक मान्यता पाउने विश्वास व्यक्त गरे ।

कार्यक्रममा मगर समुदायको संस्कृतिमा योगदान पुर्‍याएका प्रेमबहादुर थापालाई सम्मान गरिएको थियो ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार