आइतबार, २५ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पहिरोले नदी थुनिँदा#बूढीगण्डकीमा बाढी#मतगणनामा ढिलाई#बूढीगण्डकी बाढी#घटस्थापना#बडादसैँको पहिलो दिन#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै #पहिरोले नदी थुनिँदा#बूढीगण्डकीमा बाढी#मतगणनामा ढिलाई#बूढीगण्डकी बाढी#घटस्थापना#बडादसैँको पहिलो दिन#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै
राजनीति

रुपन्देही ३ उपनिर्वाचन : उम्मेदवार छान्न रास्वपाले दरखास्त माग्ने

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, ५ साउन, २०८२ मा प्रकाशित
रुपन्देही ३ उपनिर्वाचन : उम्मेदवार छान्न रास्वपाले दरखास्त माग्ने
काठमाडौं, साउन ५ :

रुपन्देही ३ मा हुने उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उम्मेदवार छान्नका लागि दरखास्त माग्ने भएको छ । उम्मेदवार बन्नका लागि साउन ७ गतेबाट पार्टीमा दरखास्त दिन सकिनेछ ।

रास्वपाका सचिव भूमिनन्द बरालले विज्ञप्ति जारी गर्दै उम्मेदवार हुन इच्छुक व्यक्तिले पार्टीले तोकेको मापदण्ड र निर्वाचन आयोगको कानुनी योग्यता पूरा गरेका व्यक्तिले दरखास्त दिन सक्ने जनाएका छन् । साथै रास्वपाले उम्मेदवार छनौटका लागि टाइमलाइनसमेत सार्वजनिक गरेको छ ।

विज्ञप्तिअनुसार साउन ७ गते बिहान १० बजेदेखि २१ गते बेलुका ५ बजेसम्म दरखास्त दिन सकिनेछ । यसका लागि रास्वपाको एप डाउनलोड गर्नुपर्नेछ । सोही एपबाटै अनलाइनमार्फत दरखास्त दिन सकिने रास्वपाले जनाएको छ ।  

त्यसअनुसार रास्वपाले साउन २२ गते निवेदन दिएकाको नामावली प्रकाशन गर्ने, साउन २३ र २४ गते उम्मेदवारीमाथि दाबीविरोध गर्ने, साउन २५ गते उम्मेदवारसँग छलफल गर्ने, साउन २६ गते प्रारम्भिक उम्मेदवारको नामावली प्रकाशन गर्ने, साउन २७ देखि भदौ ११ गतेसम्म लिडरसिप एकेडेमी, पोलिटिकल प्रोक्समिटर समावेशिताको मापन गर्ने, भदौ १२ र १३ गते प्रारम्भिक निर्वाचन गर्ने र भदौ १५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने टाइमलाइनसमेत बनाएको छ ।

शेयर: Facebook Twitter WhatsApp

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार