शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की #पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की
समाचार

यौन दुर्व्यवहारसम्बन्धी उजुरीमा केआईआईटी प्रशासनले ध्यान नदिँदा दुई नेपाली छात्राले ज्यान गुमाए

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, ५ साउन, २०८२ मा प्रकाशित
यौन दुर्व्यवहारसम्बन्धी उजुरीमा केआईआईटी प्रशासनले ध्यान नदिँदा दुई नेपाली छात्राले ज्यान गुमाए
नयाँदिल्ली, साउन ५ :

भारतको ओडिसास्थित किट (केआईआईटी) विश्वविद्यालयमा दुई नेपाली छात्राको मृत्यु हुनुमा विश्वविद्यालय जिम्मेवार देखिएको छ । विश्वविद्यालय अनुदान आयोग (यूजीसी) द्वारा गठित छानबिन समितिले विश्वविद्यालयको लापरबाही र गैरकानुनी गतिविधिलाई दोषी ठहर गरेको हो।

२० वर्षीया प्रकृति लम्साल फागुन ४ मा र १८ वर्षीया प्रिसा साह वैशाख १८ मा होस्टेलमा मृत फेला परेकी थिइन्। दुवै घटनामा यौन दुर्व्यवहारसम्बन्धी उजुरी दिए पनि विश्वविद्यालयले समयमा कारबाही नगरेको प्रतिवेदनमा उल्लेख छ।

समितिका अनुसार, विश्वविद्यालय प्रशासनले आरोपितलाई जोगाउन खोज्दै उजुरी बेवास्ता गरेको र उल्टै अवैध सम्झौता गर्न दबाब दिएको पाइएको छ। यदि पहिलो उजुरीपछि कारबाही भएको भए यी आत्महत्या टर्न सकिन्थ्यो भन्ने समितिको निष्कर्ष छ।

प्रतिवेदनमा विश्वविद्यालयको कार्यप्रणालीमा गम्भीर त्रुटि रहेको र प्रशासनको भूमिकाले आपराधिक गतिविधि गर्नेलाई प्रोत्साहन मिलेको ठहर गरिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार