बुधबार, ९ मंसिर २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#घोप्टेभिरको पहिरो#नयाँ कार्यसमिति#विवरण अद्यावधिक#निर्वाचन आयोग#देउवा पक्षको बैठक#शशांक कोइराला#हिमतालको जोखिम#हिमाली समुदायको संरक्षण#नागरिक लगानी कोष#पर्वतकुमार कार्की#नेप्से परिसूचक#सामान्य अङ्कले बढ्यो#नेपालको ऋण#कडा कानुन बनाउने#दसौँ राष्ट्रिय खेलकुद#हेलिसा गुरुङ#बागमतीको विजयी #घोप्टेभिरको पहिरो#नयाँ कार्यसमिति#विवरण अद्यावधिक#निर्वाचन आयोग#देउवा पक्षको बैठक#शशांक कोइराला#हिमतालको जोखिम#हिमाली समुदायको संरक्षण#नागरिक लगानी कोष#पर्वतकुमार कार्की#नेप्से परिसूचक#सामान्य अङ्कले बढ्यो#नेपालको ऋण#कडा कानुन बनाउने#दसौँ राष्ट्रिय खेलकुद#हेलिसा गुरुङ#बागमतीको विजयी
समाचार

देशरभर वर्षाको सम्भावना,यी तीन प्रदेशमा भारी वर्षाको पूर्वानुमान

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, ६ साउन, २०८२ मा प्रकाशित
देशरभर वर्षाको सम्भावना,यी तीन प्रदेशमा भारी वर्षाको पूर्वानुमान
काठमाडौं, साउन ६ :

हाल देशभर मनसुनी वायुको प्रभाव रहँदा  मनसुनको न्यूनचापीय रेखा सरदर स्थानका आसपासमा अवस्थित रहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ ।

कोशी, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भू–भागका केही स्थान तथा अन्य भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 
कोशी, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि पूर्वानुमान रहेको छ ।

त्यसैगरी आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ ।

कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भू–भागका केही स्थान तथा अन्य भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार