
काठमाडौं, साउन ६ :
राष्ट्रपति रामचन्द्र पौडेलले नेसनल ल्यान्ड कभर म्याप २०२०-२०२२ (राष्ट्रिय भू-ढकान नक्सा) सार्वजनिक गरेका छन् । वन तथा वातावरण मन्त्रालय वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रद्धारा प्रकाशित भू-क्षेत्र नक्सा केन्द्रका निर्देशक डा. राजेन्द्र केसीले राष्ट्रपति पौडेललाई मंगलबार प्रदान गरेका थिए ।
त्यस अवसरमा राष्ट्रपति पौडेलले नक्सा र कागजमा भएजस्तै फिल्डमा पनि जंगल कायम हुनुपर्ने बताए । उनले वनबाट कमाउने अभियान र वनमासाबाट वन जोगाउन सबै प्रकारका उपाय अवलम्बन गर्नुपर्नेमा जोड दिए ।
सार्वजनिक भएको नक्सामा उल्लेख भएअनुसार देशभर जंगलको क्षेत्र ४६.०८ प्रतिशत छ । बागमती प्रदेशमा ५८.६२ प्रतिशत छ ।