सुनसरी, साउन ७ :

सुनसरीको देवानगन्ज गाउँपालिका ३ मा छुरा प्रहार गरेर छोराले बाबुको हत्या गरेका छन् ।

छोरा मोहम्मद रियाज अन्सारीले बुधबार छुरा प्रहार गर्दा ६० वर्षीय बाबु सबिब अन्सारीको मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले जानकारी दिए ।

जग्गाको विषयमा घरायसी विवाद हुँदा ४० वर्षीय रियाजले बुबाको छाती र ढाडमा छुरा प्रहार गरेका थिए । छुरा प्रहारबाट सख्त घाइते भएका सबिबको उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक खतिवडाले बताए ।

छुरा प्रहार गर्ने मोहम्मद रियाज नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।