सोमबार, ९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

प्रतिनिधिसभाको आजको बैठकमा यस्तो छ कार्यसूची

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, ९ साउन, २०८२ मा प्रकाशित
प्रतिनिधिसभाको आजको बैठकमा यस्तो छ कार्यसूची
काठमाडौं, साउन ९ :

संघीय संसद् प्रतिनिधिसभाको बैठक आज (शुक्रबार) दिउँसो १ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्दै छ ।

बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘राष्ट्रियसभामा उत्पत्ति भएको तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

यो विधेयक २०८१ असार ४ गते राष्ट्रिय सभामा दर्ता भएको थियो । विधेयकलाई राष्ट्रिय सभाले २०८१ चैत ४ गते पारित गरेको थियो ।

विधेयक ‘आँखा स्वास्थ्य शिक्षाको क्षेत्रमा अध्ययन, अध्यापन तथा अनुसन्धान गर्न, विशेषज्ञ सेवासहितको स्वास्थ्य सेवा प्रदान गर्न तथा नवीनतम् प्रविधिको विकास र विस्तार गरी आँखा स्वास्थ्यको क्षेत्रमा उत्कृष्ट प्राज्ञिक केन्द्रका रूपमा विश्वविद्यालय स्थापना तथा सञ्चालन गर्नसँग सम्बन्धित’ छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार