शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध#कुकुरसहित प्रहरीको चेकिङ#मादल#पेसा ‘सङ्कटमा’ #सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध#कुकुरसहित प्रहरीको चेकिङ#मादल#पेसा ‘सङ्कटमा’
समाचार भिडियो

बीपीको परिकल्पना समृद्ध राष्ट्र निर्माण नै हो : पर्यटनमन्त्री पाण्डे

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, ११ साउन, २०८२ मा प्रकाशित
बीपीको परिकल्पना समृद्ध राष्ट्र निर्माण नै हो : पर्यटनमन्त्री पाण्डे
काठमाडौं, साउन ११ :

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले देशको समृद्धिका लागि पहिलो निर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको परिकल्पना नै मार्गदर्शक रहेको स्पष्ट पारेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार आयोजित ‘बीपी कोइराला राष्ट्रिय पुरस्कार वितरण समारोह’मा  उनले यस्तो धारणा राखेका हुन् । ‘बीपी कोइराला त्यस्तो व्यक्ति हुनुहुन्छ, जसले जहाँनियाँ राणा शासनको विरुद्ध निर्भीकतापूर्वक उभिएर जनतालाई गोलबद्ध गर्दै क्रान्तिको नेतृत्व गर्नुभयो,’ उनले भने, ‘उहाँले रोपेको लोकतन्त्रको बिउका कारण आज हामीले विभिन्न कालखण्डमा लोकतन्त्र स्थापनाका लागि आन्दोलन गर्न सफल भएका छौं । उहाँको परिकल्पना भनेको समृद्ध राष्ट्र बनाउने, असमानता हटाउने र नागरिकका अधिकार सुनिश्चित गर्ने हो ।’

मन्त्री पाण्डेले हालको सरकार निर्माणको पृष्ठभूमिमा एमाले र नेपाली कांग्रेसबीच सहकार्य हुनुमा आवश्यकताबाट उत्पन्न भएको उल्लेख गरे । ‘दुई पार्टी नमिल्दा मुलुकमा अस्थिरता मौलाएको थियो । त्यसैले सहकार्य आवश्यक बन्यो,’ उनले भने, ‘हामी अब २०८४ सालसम्म यही गठबन्धनलाई निरन्तरता दिनेछौं । त्यसपछि एमाले र कांग्रेसबीच स्वच्छ प्रतिस्पर्धा हुनेछ ।’

‘अहिले चित्त नबुझे अधिनायकवाद भन्नेहरुलाई जेल हतकडी थाहा नहुन सक्छ’

उनले आगामी निर्वाचनमा दुवै पार्टीका मन्त्रीहरूले गरेका कामको मूल्यांकनका आधारमा प्रतिस्पर्धा हुने स्पष्ट पारे । कार्यक्रममा बीपी कोइरालाको योगदानलाई स्मरण गर्दै विभिन्न क्षेत्रमा विशिष्ट योगदान दिएका चारजना स्रष्टालाई ‘बीपी कोइराला राष्ट्रिय पुरस्कार-२०८१’ बाट सम्मान गरिएको थियो ।

सम्मानित व्यक्तिमा साहित्यतर्फ मोरङका भुवन ढुंगाना कोइराला, राजनीतिक दर्शनतर्फ सुनसरीकी मीना गुरुङ, अछामका नयनसिंह कठायत तथा बैरागी काँइला नामले चिनिने तिलविक्रम नेम्वाङ थिए । उनीहरूलाई दोसल्ला, प्रमाणपत्रसहित जनही एक लाख रुपैयाँ नगदसहितको पुरस्कार प्रदान गरिएको छ ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार