
सिन्धुलीको गोलान्जोर गाउँपालिका–६ बागेश्वरमा एकै परिवारका १६ जना तीन दिनदेखि सम्पर्कविहीन भएका छन्। बेपत्ता भएको सूचनापछि स्थानीयदेखि प्रहरी प्रशासनसम्म खोजी कार्यमा जुटेका छन्।
बेपत्ता परिवार हायु थरका हुन्, जसलाई सरकारले लोपोन्मुख जातिको सूचीमा राखेर मासिक प्रतिव्यक्ति ४ हजार रुपैयाँ भत्ता दिँदै आएको थियो। हालै उनीहरूले तीन महिनाको भत्ता अन्तर्गत १६ जनाको एक लाख ९२ हजार रुपैयाँ बुझेका थिए।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख एसपी लालध्वज सुवेदीका अनुसार परिवारका कसैको पनि मोबाइल सम्पर्कमा छैन र प्रविधिक सहायताबाट लोकेसन ट्र्याकिङ प्रयास भइरहेका छन्।
घरमा वस्तुभाउ सबै छन्, तर मान्छे छैनन्। बिहीबारदेखि देखिएको छैनन् भनेर गाउँलेहरूले बताएका छन्।प्रहरीले परिवारको घरमा पुगेर प्रारम्भिक अनुसन्धान सुरु गरिसकेको छ। घरभित्र सुँगुर काटेर खाएको प्रमाण फेला परेको भए पनि परिवारका सदस्यहरू कहाँ गए भन्ने स्पष्ट भएको छैन।
गोलान्जोर गाउँपालिका अध्यक्ष शंकरराज बरालले घर एकान्तमा भएकाले सूचना ढिला प्राप्त भएको बताए।परिवारले एउटा भैँसी गाउँकै अर्को घर नजिक बाँधेका थिए, जसलाई दैनिक घाँस–पानी गर्न जान्थे। गाउँलेहरूले सोमबार बिहान घरमा गएर हेर्दा ढोका खुला थियो, तर कोही देखिएनन्। त्यसपछि मात्र घटनाको जानकारी स्थानीय प्रशासन र प्रहरीलाई दिइएको हो।बेपत्ता हुनेहरूमा उर्मिला हायु, उनका ६ छोरा, ५ छोरी, २ ज्वाइँ र नातिनातिनाहरू रहेका छन्।
बेपत्ता भएका १६ जनाको विवरण प्रहरीले सार्वजनिक गरेको छ:
