आइतबार, २५ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#दसैँघर#बेत्रावतीमा बेलीब्रिज#पहिरोले नदी थुनिँदा#बूढीगण्डकीमा बाढी#मतगणनामा ढिलाई#बूढीगण्डकी बाढी#घटस्थापना#बडादसैँको पहिलो दिन#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका #दसैँघर#बेत्रावतीमा बेलीब्रिज#पहिरोले नदी थुनिँदा#बूढीगण्डकीमा बाढी#मतगणनामा ढिलाई#बूढीगण्डकी बाढी#घटस्थापना#बडादसैँको पहिलो दिन#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका
राजनीति

सरकारका गलत क्रियाकलापविरुद्ध माओवादी र समाजवादी संसद्‍मा खरो रुपमा प्रस्तुत हुने

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १२ साउन, २०८२ मा प्रकाशित
सरकारका गलत क्रियाकलापविरुद्ध माओवादी र समाजवादी संसद्‍मा खरो रुपमा प्रस्तुत हुने
काठमाडौं, साउन १२ :

प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले सरकारका गलत क्रियाकलापविरुद्ध संसदका बैठकहरुमा खरो रुपमा प्रस्तुत हुने भएका छन् ।

सिंहदरबारमा सोमबार भएको दुई दलका नेताहरुको भेटघाटले यस्तो निर्णय गरेको हो । भेटमा माओवादी केन्द्रका  उपध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिव वर्षमान तथा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल लगायत नेताहरु सहभागी थिए ।

मंगलबार (भोलि) बस्ने समाजवादी मोर्चाको बैठकलाई उपलब्धिमुलक र प्रभावकारी बनाउन आवश्यक रणनीतिबारे दुई पार्टीका नेताहरुबीच छलफल भएको नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष प्रकाश ज्वालाले जानकारी दिए ।

संसदमा विचाराधीन रहेका विधेयकहरू, विशेषगरी शिक्षासम्बन्धी विधेयक र संघीय निजामति विधेयकमाथि भएको षड्यन्त्रबारे समेत गम्भीर छलफल भएको उनले बताए ।

उनले भने, ‘भोलि समाजवादी मोर्चाको बैठक छ । मोर्चाको बैठकलाई कसरी उपब्लब्धीमुलक बनाउने ? सफल बनाउने भन्ने मुख्य विषयमा आज हामीले छलफल गर्यौं । त्यसपछि अहिले संसदमा विभिन्न विचाराधिन विधेयकहरु छन् । शिक्षासम्बन्धी विधेयक अड्काएर राखिएको छ । संघीय निजामति विधेयकमा षड्यन्त्र भएको छ । राष्ट्रिय सभाबाट पनि विधेयकलाई उल्ट्याउने प्रयास गरिएको छ । संसदमा खेल्नुपर्ने भूमिकाको विषय पनि छ । यी विषयमा दुवै पार्टीका माननीय सदस्यहरुले संसदको दुवै सदनमा सशक्त तरिकाले भूमिका कसरी खेल्ने भन्ने विषयमा छलफल भयो । त्यसमध्येपनि सरकारका गलत प्रवृत्तिहरुविरुद्ध संसदमा कसरी प्रस्तुत हुने भन्ने विषयमा आज छलफल भयो ।’

सरकारका नीतिगत कमजोरीहरू र गलत प्रवृत्तिका विरुद्ध खरो रुपमा प्रस्तुत हुन दुवै दलका नेताहरु सकारात्मक भएको ज्वालाको भनाइ छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार