शनिबार, १४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सबै पत्रकार रिहा#कागेश्वरी मनोहरा#काठमाडौंमै तेस्रो स्थानमा#वार्षिक स्वास्थ्य समीक्षा#पाँच सय कन्टेनर थन्किए#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन#प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण#डीडीसीका तत्कालीन महाप्रबन्धक#सञ्जीव झा पक्राउ#निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी #सबै पत्रकार रिहा#कागेश्वरी मनोहरा#काठमाडौंमै तेस्रो स्थानमा#वार्षिक स्वास्थ्य समीक्षा#पाँच सय कन्टेनर थन्किए#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन#प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण#डीडीसीका तत्कालीन महाप्रबन्धक#सञ्जीव झा पक्राउ#निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी
समाचार राजनीति

कांग्रेस बाग्मती संसदीय दलको नेता चयनमा सहमति नजुटेपछि भोलि बिहान दलको बैठक बोलाइयो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १२ साउन, २०८२ मा प्रकाशित
कांग्रेस बाग्मती संसदीय दलको नेता चयनमा सहमति नजुटेपछि भोलि बिहान दलको बैठक बोलाइयो
चितवन, साउन १२ :

सोमबार दिन भरको छलफलबाट संसदीय दलको नेता चयनका विषयमा सहमति जुटाउन नसकिएपछि नेपाली कांग्रेस बागमती संसदीय दलको बैठक भोलि बिहान १० बजेका लागि बोलाईएको छ ।

सोमबार बैठक बस्ने भनिएपनि बेलुका अबेरसम्म अनौपचारिक छलफलबाट संसदीय दलको नेता चयनका विषयमा केन्द्रीय प्रतिनिधिले सांसदहरूबीच सहमति जुटाउन नसकेपछि भोलि मंगलबार बिहान १० बजे बैठक बस्ने निर्णय भएको नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका सचिव कृष्ण तामाङले जानकारी दिनुभयो ।

आफ्नै मुख्य मन्त्री विरुद्ध प्रदेश सभामा प्रतिनिधित्व गर्ने बागमती प्रदेशका सांसदहरूले अविश्वासको प्रस्ताव दर्ता गरेपछि संसदीय दलको नेता टुङ्गो लगाउन आज दिनभर अनौपचारिक छलफल भएको थियो । तर सहमति हुन सकेन ।

वाग्मती प्रदेशका मुख्य मन्त्री बहादुर सिंह लामा विरुद्ध २१ जना कांग्रेस सांसदले शुक्रवार संसदीय दलको कार्यालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।वाग्मती प्रदेशमा नेपाली काँग्रेसको तर्फबाट ३७ जना सांसद रहेका छन् ।

सो विषयलाई छलफल गरेर मिलाउन केन्द्रीय समितिबाट राजन के.सी लाई केन्द्रीय प्रतिनिधि पठाइएको छ ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार