एक सातादेखि फैलिएको अज्ञात रोगका कारण हुम्लाको चङ्खेली गाउँपालिकामा ३० भन्दा धेरै पशुवस्तु मरेका छन् । गाउँपालिका ६ स्थित रामालेख खडिन्याखाडा खर्कमा राखिएका पशुवस्तु मरेका हुन् ।
अचानक पशुवस्तुको पेट र छाती सुन्निने, दिसा गर्न नसक्ने, घाँस नखाने, र्याल काड्ने रोगले हालसम्म एक भैँसी, एक कुकुर, ६ दुहुना र अन्य नौवटा गाई तथा १४ भन्दा धेरै गोरुलगायत पशुवस्तु मरेका स्थानीय हरिबहादुर शाहीले जानकारी दिए । यही साउन ८ गतेपछि फैलिएको उक्त रोगले हालसम्म मासिधारालगायत क्षेत्रमा कृषकका ३० भन्दा बढी पशुवस्तु मरेका छन् । यसबाट ठुलो क्षति पुगेको छ ।
अधिकांश पशुवस्तु जङ्गलतिर खर्क रहेकाले अन्य पशुवस्तबारे यकिन विवरण आउन बाँकी छ । खर्कमा समेत अझै एक भैँसी बिरामी भएपछि पालमा राखिएको छ भने अन्य गाईगोरुसमेत थला परेका छन् । अज्ञात रोगको महामारीका कारण पशुवस्तु मर्न थालेपछि खर्क क्षेत्रको जङ्गल गन्हाउने भएको छ ।
सोही खर्कमा मात्रै नभई विभिन्न गाउँका खर्कमा १०० भन्दा बढी पशुवस्तु अझै बिरामी परेका स्थानीयले जनाएका छन् । गाउँपालिकाको पशुशाखामा औषधिका लागि गए पनि त्यहाँ पशु स्वास्थ्यकर्मी नभएकाले थप समस्या भएको शाहीले गुनासो गरे ।
यहाँ हिउँदका लागि पशुवस्तुलाई घाँस सङ्कलन, बर्खेबालीको संरक्षण र गर्मीमा हुने रोग छल्नका लागि पशुवस्तु खर्कमा लिने गरिन्छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
जनदबाबपछि रिहाई भन्दा कानुन विपरीत पक्राउ र ‘ह्यारेसमेण्ट’ बन्द गर्न सरकारलाई कांग्रेसको ध्यानाकर्षण
समाचार कक्षबाटै पत्रकारलाई नियन्त्रणमा लिएको घटनाप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण
चक्रवात ‘अर्नब’को प्रभाव : देशका विभिन्न भागमा वर्षा र हिमपात
प्रहरी पोसाक खरिद अध्ययन उपसमितिः मङ्सिर १ देखि सम्बन्धितको बयान
थप समाचार
जनदबाबपछि रिहाई भन्दा कानुन विपरीत पक्राउ र ‘ह्यारेसमेण्ट’ बन्द गर्न सरकारलाई कांग्रेसको ध्यानाकर्षण
सञ्चारमन्त्री तिमिल्सिनाले सामाजिक सञ्जालमार्फत भने- पक्राउ परेका सबै पत्रकारलाई छाडियो
स्वास्थ्य सेवा सुधारमा कागेश्वरी मनोहराको छलाङ, छैटौँबाट तेस्रो स्थानमा उक्लियो