शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार खेलकुद

एसियाली पारा तेक्वान्दोमा पलेशालाई कास्य

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, १६ साउन, २०८२ मा प्रकाशित
एसियाली पारा तेक्वान्दोमा पलेशालाई कास्य
काठमाडौं, साउन १६ :

पलेशा गोबर्धनले दसौं एसियाली पारा तेक्वान्दो च्याम्पियनसिप (जी-४) मा शुक्रबार कास्य पदक जितेकी छन् ।

मलेसियाको कुचिङमा भएको प्रतियोगितामा पेरिस पारालिम्पिककी ऐतिहासिक कास्य विजेता पलेशाले के-४४ क्याटगोरीअन्तर्गत महिला ५७ केजीमुनि उज्वेकिस्तानकी जुरेवा कमोलालाई पराजित गरी कास्य जितेको प्रशिक्षक कविराज नेगी लामाले जनाएका छन् ।

चीनको सांघाईमा अध्ययन गरिरहेकी पलेशा त्यतैबाट प्रतियोगितामा सहभागी हुन मलेसिया पुगेकी थिइन् ।

जुलाइ २४ देखि अगस्त १ तारिखसम्म भएको प्रतियोगितामा पलेशासहित ५ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । पुरुष ५८ केजीमुनि भरतसिंह महता तथा ६३ केजीमुनि अमिर भ्लोन तथा महिला ४७ केजीमुनि कामना प्रसाईं र रेणु तामाङले प्रतिस्पर्धा गरेका थिए ।

टोलीको व्यवस्थापकमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य रामचन्द्र श्रेष्ठ रहेका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार