
काठमाडौं, साउन १७ :
नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठकमा आज बिहान ११ बजेबाट पार्टी कार्यालय पेरिसडाँडामा बैठक सुरु हुदैछ ।
हिजोबाट सुरु भएको बैठकमा आजदेखि नेताहरूले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राखेको प्रस्तावमाथि आ आफ्नो धारणा राख्ने कार्यक्रम छ ।
एजेण्डामाथि छलफल गर्नका लागि प्रत्येक सदस्यलाई १०–१५ मिनेटको समय छुट्याइएको सो पार्टिले जनाएको छ ।
माओवादी पार्टीमा पछिल्लो समय अध्यक्ष प्रचण्ड र उपमहासचिव जनार्दन शर्मा बीच देखिएको अन्तर विरोध सार्वजनिक रूपमै बाहिर आएको छ । तर यो बिषयमा बैठकमा छलफलमा हुने नहुने टुंगो छैन ।