शनिबार, १४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पर्यटकीय गतिविधि प्रभावित#प्रतिकूल मौसम#बेनी-दरवाङ सडक अवरुद्ध#कोप-३१ को तयारी#मौसममा सुधार हुने#सबै पत्रकार रिहा#कागेश्वरी मनोहरा#काठमाडौंमै तेस्रो स्थानमा#वार्षिक स्वास्थ्य समीक्षा#पाँच सय कन्टेनर थन्किए#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन#प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण#डीडीसीका तत्कालीन महाप्रबन्धक#सञ्जीव झा पक्राउ #पर्यटकीय गतिविधि प्रभावित#प्रतिकूल मौसम#बेनी-दरवाङ सडक अवरुद्ध#कोप-३१ को तयारी#मौसममा सुधार हुने#सबै पत्रकार रिहा#कागेश्वरी मनोहरा#काठमाडौंमै तेस्रो स्थानमा#वार्षिक स्वास्थ्य समीक्षा#पाँच सय कन्टेनर थन्किए#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन#प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण#डीडीसीका तत्कालीन महाप्रबन्धक#सञ्जीव झा पक्राउ
समाचार

बुद्धका कारण नेपाल विश्वभर चिनिएको छ : मन्त्री पाण्डे

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १९ साउन, २०८२ मा प्रकाशित
बुद्धका कारण नेपाल विश्वभर चिनिएको छ  : मन्त्री पाण्डे
काठमाडौं, साउन १९ :

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले बुद्ध नेपालमा जन्मका कारण पनि नेपाल विश्वमा चिनिएको बताएका छन् ।

गुरु पद्मसम्भवको जन्म दिवसको अवसरमा आयोजित विशेष कार्यक्रममा उनले बुद्धको जन्मस्थल लुम्बिनी भएको कारणले गर्दा नेपालप्रति आत्मीयता राख्ने राष्ट्रहरुको संख्या विश्वमै बढिरहेको उल्लेख गरे । उनले नेपाल वेद र बुद्धको भूमि भएको स्मरण गराए । ‘हामी बुद्ध र वेदको धरोहर बोकेको देश हौं, अब यसलाई सशक्त रूपमा विश्वसामु प्रस्तुत गर्नुपर्छ,’ उनले भने, ‘हिमाली बौद्ध परम्परालाई उहाँले अघि बढाउनु मात्रै होइन, त्यसको प्रचार-प्रसारमा समेत ऐतिहासिक योगदान गर्नुभयो । उहाँको योगदान आज विश्वभर फैलिएको बुद्ध दर्शनको एउटा महत्त्वपूर्ण आधार हो ।’

उनले पहिलोपटक गुरु पद्मसम्भवको जन्म दिवसलाई औपचारिक रूपमा कार्यक्रम गरी मनाउनु ऐतिहासिक कदम भएको बताए । उनले यस्ता सांस्कृतिक र धार्मिक कार्यक्रमलाई आगामी दिनहरूमा अझ व्यवस्थित र प्रभावकारी बनाइने प्रतिबद्धता पनि जनाए ।

मन्त्री पाण्डेले बुद्धको शिक्षालाई आजको संसारले अझै पनि ग्रहण गरिरहेको र त्यो क्रम बढ्दो रहेको उल्लेख गरे । उनले भने, ‘भौतिक सम्पन्नता एक हदसम्म मात्र सन्तुष्टि दिन सक्छ, तर अन्तर्मनको शान्ति बुद्धमार्गबाट मात्र सम्भव हुन्छ ।’ नेपालको ऐतिहासिक, धार्मिक र आध्यात्मिक सम्पदाको संरक्षण, प्रचार र विश्वसामु प्रभावकारी प्रस्तुतीकरण नेपाल सरकारको प्राथमिकतामा रहेको पनि उनले स्पष्ट पारे ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार