शनिबार, १४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सबै पत्रकार रिहा#कागेश्वरी मनोहरा#काठमाडौंमै तेस्रो स्थानमा#वार्षिक स्वास्थ्य समीक्षा#पाँच सय कन्टेनर थन्किए#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन#प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण#डीडीसीका तत्कालीन महाप्रबन्धक#सञ्जीव झा पक्राउ#निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी #सबै पत्रकार रिहा#कागेश्वरी मनोहरा#काठमाडौंमै तेस्रो स्थानमा#वार्षिक स्वास्थ्य समीक्षा#पाँच सय कन्टेनर थन्किए#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन#प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण#डीडीसीका तत्कालीन महाप्रबन्धक#सञ्जीव झा पक्राउ#निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी
कला/साहित्य

कवि जिरेलको ‘जिरीसिक्रीको सुसेली’ विमोचन

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २० साउन, २०८२ मा प्रकाशित
कवि जिरेलको ‘जिरीसिक्रीको सुसेली’ विमोचन
काठमाडौं, साउन २० :

जीवनको ठुलो कालखण्ड दोलखामा शिक्षक भएर बिताएका कवि टेकबहादुर जिरेलको  पहिलो कविता सङ्ग्रह  'जिरीसिक्रीको सुसेली' एक कार्यक्रमबीच सोमबार काठमाडौंमा विमोचन गरिएको छ ।

भृकुटीमण्डपस्थित पर्यटन बोर्डको सभाहलमा आयोजित एक कार्यक्रमबीच वरिष्ठ साहित्यकार अभि सुवेदी, शैलेन्द्र साकार,उषा शेरचन, वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरे, वरिष्ठ कलाकार मदनदास श्रेष्ठ लगायतका वरिष्ठ व्यक्तित्वहरूबाट सामूहिक रूपमा कृतिको विमोचन गरिएको हो ।

कार्यक्रममा कवि अनुपम रोसीसँगको अन्तरसंवादका क्रममा कवि जिरेलले पहिले पहिले आफूलाई साहित्यकार, कवि भनेर परिचित गराउँदा सङ्कोच लाग्ने गरेको भएपनि पुस्तक प्रकाशित भएपछि अब भने त्यस्तो सङ्कोच हटेको बताए । कवितालाई कुनै पनि परिभाषामा बाँध्न नहुने मान्यता राख्नुहुने कवि जिरेलले जीवन जस्तो हुन्छ; कविता पनि त्यस्तै हुने भनाइ राखेका थिए ।

सो क्रममा उनले जिरीको प्रकृति, सौन्दर्य र त्यहाँका आदिवासी जिरेल जातिको बारेमा पनि परिचय दिएका थिए । जीवनलाई रुग्ण हुनबाट बचाउन साहित्यकारले मात्र सक्ने हुनाले आफूलाई साहित्य र साहित्य सिर्जना गर्ने साहित्यकार मन पर्ने गरेको उनको भनाइ थियो ।

कवि जिरेलको कविता सङ्ग्रह 'जिरीसिक्रीको सुसेली' मा समेटिएका कविताबारे आफ्नो पाठकीय टिप्पणी प्रस्तुत गर्दै कवि ज्योति जङ्गलले उनका कविता सरलबाट सुरू हुँदै दर्शनतिर अघि बढेको बताए । दोलखाको जिरी-सिक्रीको परिवेशलाई कविले काँधमा बोकेर हिड्नुभएको स्केच उनका कवितामा देखिएको उनको कथन थियो ।

आफ्नै माटोलाई माया गरेर माटैप्रति आफूलाई समाहित गर्ने कवि जिरेलको प्रस्तुत कृतिमा ७१ कविता समेटिएको उनले जानकारी दिए ।  ‘उनका कविताहरूमा मृत्यु, समाधि, जिन्दगीसँगको द्वन्द्व, कर्मठ युवा र उसको विदेश जानुपर्दाको पीडा, बुढ्यौली, देशप्रतिको माया, विछोडमय प्रेम आदि अभिव्यक्त भएका छन् ।’ कवि ज्योति जङ्गलले भने । माटोलाई माया गर्ने रोडम्याप भएको प्रस्तुत कविता सङ्ग्रह जिरी चिनाउने महत्वपूर्ण कृतिका रूपमा आएको उनको भनाइ थियो ।

कार्यक्रममा हास्यव्यङ्ग्यकर्मी मनोज गजुरेलले पनि कवि जिरेलको कविता कृतिको सफलताको कामना गरेका थिए ।पर्यटन प्रवर्द्धन मञ्च, नेपालको आयोजनामा भएको उक्त कार्यक्रमको सञ्चालन अमृत भादगाउँलेले गरेका थिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार