शनिबार, २४ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान#जगद्गुरु श्री आदि शंकराचार्य#२५ लाख रुपैयाँ सहयोग#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष #एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान#जगद्गुरु श्री आदि शंकराचार्य#२५ लाख रुपैयाँ सहयोग#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष
राजनीति

‘कर्मचारीको सरुवा-बढुवाका लागि पैसा खर्च गर्ने संस्कारको अन्त्य गर्छु’

भन्छिन्- घुस माग्नेको मलाई जानकारी दिनु ।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २१ साउन, २०८२ मा प्रकाशित
‘कर्मचारीको सरुवा-बढुवाका लागि पैसा खर्च गर्ने संस्कारको अन्त्य गर्छु’
काठमाडौं, साउन २१ :

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले सरुवा तथा बढुवा प्रणाली पारदर्शी र नीति आधारित बनाउन आवश्यक भएको बताएकी छिन् ।

सिंहदरबारस्थित मन्त्रालयमा बुधबार प्रेस चौतारी नेपालका प्रतिनिधिहरुसँगको छलफलमा बोल्दै मन्त्री न्यौपानेले यस्तो बताएकी हुन् । दिनैपिच्छे सरुवा हुने तथा  कर्मचारीले सुरुवा बढुवाका लागि सचिव वा सहसचिवलाई भेट्नैपर्ने संस्कृतिको विकास हुँदा प्रशासनिक संयन्त्रमाथि व्यापक प्रश्न उठ्ने गरेको उनको भनाइ छ ।

उनले मन्त्री र सचिवलाई भेटेपछि मात्र सरुवा हुने मनोविज्ञानको अन्त्य गर्न जरुरी रहेको बताइन् । उनले सरुवा र बढुवा अनुमानमा आधारित तथा पारदर्शी तरिकाले हुने प्रणालीको विकास गरेर प्रत्येक कर्मचारीले आफ्नो अवस्थाको सहज आँकलन गर्न सक्ने वातावरण बनाउनेमा आफ्नो जोड रहने बताइन् । उनले कर्मचारीको सरुवा र बढुवाका लागि कर्मचारीले पैसा खर्च गर्ने संस्कारको अन्त्य गर्ने प्रतिबद्धता समेत व्यक्त गरिन् ।

उनले भनिन्, ‘खासगरी सरुवामा धेरै  प्रश्नहरु उठेका छन् । प्रत्येक महिनामा सरुवा, प्रत्येक दिन सरुवा ! सरुवा बढुवा पनि कुनै नीतिमा टेकेर नहुने, विद्यमान ऐनमा टेकेर नहुने अवस्था छ । सुरुवा प्रणालीलाई हामी कसरी प्रश्न नउठ्ने बनाउन सक्छौं त ? यसलाई अनुमानमा आधारित कसरी बनाउन सक्छौं त ? प्रत्येक कर्मचारीले आफ्नो सरुवा र बढुवाबारे अनुमान गर्न सकोस् । भौतिक रुपमा सचिव, सहसचिवलाई भेटेपछि सरुवाको काम बन्छ भन्ने जे जस्तो मनोविज्ञान छ । त्यसलाई अन्त्य गर्नुपर्छ । मन्त्रालयमा धाउने, माथिल्लो तहको कर्मचारीलाई भेटेर मात्र मेरो काम बन्छ भन्ने संस्कृतिको अन्त्य गर्नुपर्छ । म यहाँ आइसकेपछि म पालिकाबाट मेयर आउनुभएको छ, उपमेयर, कर्मचारीहरु मलाई त्यहाँ काम गर्न अफ्ठ्यारो भयो भनेर आउनुहुन्छ । मलाई यहाँ सारिदिनुप¥यो । मलाई त्यहाँ सारिदिनुप¥यो भन्ने कुराहरु मात्र लिएर आउनुहुन्छ । यस्तो मात्र परिस्थिति किन बन्छ ? यसलाई किनै चेन्ज गर्नुपर्छ भन्ने परिस्थितिमा आज म पुगेको छु । यसमा सिस्टम नबदलिकन त हुँदै हुँदैन ठाउँमा म पुगेको छु । पैसा तिरेर मात्र मेरो काम बन्छ भन्ने जसन कुरा उठेको छ नि त्यो कुरा त कुनैपनि हालतमा हन दिनु हुँदैन । सेवाग्राहीले सेवा, लिन र कर्मचारीलदे सरुवा र बढुवाको लागि पैसा खर्च गर्नुपर्छ भन्ने संस्कारको अन्त्य गर्नैपर्छ ।’

मन्त्री न्यौपानेले आफू पादरर्शी रहँदा रहँदै पनि आफ्नो नाम दुरुपयोग हुनसक्नेतर्फ पनि सचेत रहेको बताइन् । उनले आफ्नो नामको दुरुपयोग गरेर सरुवाको नाममा घुस मागेको खण्डमा त्यसबारे जानकारी दिन सार्वजनिक रुपमा आग्रह पनि गरिन् ।

‘यो मन्त्री लोभि छ कि भन्ने कसैले सोचिरहनु भएको छ भने किमार्थ त्यस्तो नसोचिदिनुहोला । म त सामान्य जीवन जिउने मान्छे हो । मैले आफूले सामान्य जीवन बिताएर राष्ट्र लाई योगदान गर्छु भनेर कमिटमेन्ट गरेर आएको मान्छे हो ।  तर कसै अरुले मेरो नामको दुरुपयोग गर्ने कुरालाई पनि मैले त्यतिक्कै हेर्नुपर्नेछ । यदि त्यसो गरेको कसैले थाहा पाउनुभयो भने त्यो कुरा मलाई दिएर सहयोग गरिदिनुहोला ।’ उनले कर्मचारीको सरुवा बढुवालाई पारदर्शी बनाउँदै प्रशासनिक सेवालाई प्रभावकारी प्रतिबद्धता व्यक्त गरिन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार