सोमबार, २६ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कांग्रेस पदाधिकारी#अनुजा अधिकारी आचार्य#रसुवाकी शिक्षिका#पृथ्वी राजमार्ग#दुईतर्फी यातायात सञ्चालन#बीपी राजमार्ग#पुनर्निर्मित सडकबाटै आवागमन#कवितासंग्रह#गीतिसंग्रह#सुदूरपश्चिम प्रदेश सरकार#बजेट प्रस्तुत#पाँच जना सम्पर्कविहीन#रवि लामिछाने#उद्धार र राहत#विनोद चौधरी#उपसभापति#दसैँघर #कांग्रेस पदाधिकारी#अनुजा अधिकारी आचार्य#रसुवाकी शिक्षिका#पृथ्वी राजमार्ग#दुईतर्फी यातायात सञ्चालन#बीपी राजमार्ग#पुनर्निर्मित सडकबाटै आवागमन#कवितासंग्रह#गीतिसंग्रह#सुदूरपश्चिम प्रदेश सरकार#बजेट प्रस्तुत#पाँच जना सम्पर्कविहीन#रवि लामिछाने#उद्धार र राहत#विनोद चौधरी#उपसभापति#दसैँघर
राजनीति बागमती प्रदेश

‘फोटो टाँस्न मात्रै मुख्यमन्त्री भएको होइन’

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २२ साउन, २०८२ मा प्रकाशित
‘फोटो टाँस्न मात्रै मुख्यमन्त्री भएको होइन’
काठमाडौं, साउन २२ :

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफू पदको लागि र फोटो टाँस्नका लागि मात्रै मुख्यमन्त्री नभएको बताएका छन् ।

नेपाल किसान महासंघ बागमती प्रदेशको प्रथम अधिवेशनलाई बिहीबार उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । पारदर्शी, उत्तरदायी र जनताप्रतिको जिम्मेवारी भएर काम गर्ने लक्ष्यसहित आफू मुख्यमन्त्री भएको उनको भनाइ छ ।

अरु मुख्यमन्त्रीले के गरे गरेनन् भन्दा पनि आफूले काम गरेर देखाउने उनले बताए । उनले आफूले मुख्यमन्त्री भएपछि पहिलो निर्णय नै प्रदेशभित्र रहेका गरिब विपन्नहरुको पक्षमा हुनेगरी गरेको जानकारी दिए । गरिब, विपन्न, सीमान्तकृत, दलित, चेपाङ, जिरेल, भोटे, बनकरियाहरुमध्येका छोराछोरीलाई प्रदेश सरकारले २/२ वटा मेडिकल डाक्टर, आयुर्वेद डाक्टर र पशु चिकित्सक डाक्टर गरी ६ जनाललाई छात्रवृत्तिमा डाक्टर पढाउने बताए । प्रदेश सरकारले गरिबका १० वटी छोरीलाई नर्स पढाउने निर्णय पनि गरिसकेको उनले जानकारी दिए ।

‘पारदर्शी, उत्तरदायी, जिम्मेवारी र जनताप्रतिको जिम्मेवारी भएर काम गर्ने लक्ष्यसहित म मुख्यमन्त्री भएको हो । पदका लागि, फोटो टाँस्न म मुख्यमन्त्री भएको होइन । त्यसकारणले मैले पहिले नै सन्देश दिइसकेको छु,’ उनले भने, ‘अर्को कुरा म आफैँले पाउने सेवा सुविधा, मुख्यमन्त्रीको हैसियतले पाउने सुविधा म लिन्नँ ।’

बानियाँले आफूले मुख्यमन्त्रीको हैसियतले पाउने तलब-भत्तालगायत सुविधा पनि नलिने बताए । आफूले पाउने तलबभत्ता आफ्नो निर्वाचन क्षेत्रलगायत गरिब, निमुखा जनताको पक्षमा काम गर्न दिने जानकारी दिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार