काठमाडौं, साउन २५ :

नेपाली कांग्रेसले मुख्यमन्त्री बानियाँलाई विश्वासको मत दिन पार्टीका सांसदहरूलाई ह्विप जारी गरेको छ ।

हिजो कांग्रेस बागमती प्रदेश संसदीय दलका सदस्य सचिव मीनकृष्ण महर्जनले एक सूचना जारी गर्दै मुख्यमन्त्री बानियाँको विश्वासको मत सम्बन्धी प्रस्ताव माथिको छलफलमा अनिवार्य उपस्थित हुन निर्देशन दिएका हुन् ।

नेपाली कांग्रेस बाग्मती प्रदेश संसदीय दलको बैठकमा आफ्ना सदस्यहरुलाई अनिवार्य उपस्थिति हुन,तटस्थ नहुन र विश्वासको मतको पक्षमा मतदान गर्न नेपाली कांग्रेसको संसदीय दलको विधान २०७४ को धारा १२ को उपधारा ६ बमोजिम गर्न ह्वीप जारी गरिएको हो ।

कांग्रेसका बागमती प्रदेश सभापति समेत रहेका बानियाँ आफ्नो दलका ३७ र सत्ता साझेदार एमालेका २७ गरी कुल ६४ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका हुन्।

११० सदस्य रहेको बागमती प्रदेशसभामा बानियाँलाई विश्वासको मत प्राप्त गर्न ५६ सांसदको समर्थन आवश्यक रहन्छ ।