शनिबार, २४ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान#जगद्गुरु श्री आदि शंकराचार्य#२५ लाख रुपैयाँ सहयोग#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष #एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान#जगद्गुरु श्री आदि शंकराचार्य#२५ लाख रुपैयाँ सहयोग#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष
राजनीति

झलनाथ खनाल र नारायणकाजी श्रेष्ठबीच भेटवार्ता, के भयो कुराकानी ?

पार्टी नै छाड्ने अवस्था आए माओवादीको ढोका खुल्ला छ ।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २५ साउन, २०८२ मा प्रकाशित
झलनाथ खनाल र नारायणकाजी श्रेष्ठबीच भेटवार्ता, के भयो कुराकानी ?
काठमाडौं, साउन २५ :

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको छ । 

उपाध्यक्ष श्रेष्ठ नेता खनाललाई भेट्न दिउँसो उनकै निवास डल्लु पुगेका हुन् । अध्यक्ष माधवकुमार नेपाल र नेता खनालबीच असमझदारी बढीरहँदा नेताहरुले खनाललाई भेट्न थालेका छन् ।  नेता वामदेव गौतमले पनि हिजो खनाललाई भेटेका थिए ।

उपाध्यक्ष श्रेष्ठ र खनालबीचको भेटमा भने पार्टी एकता लगायत समसामयिक राजनीतिक छलफल भएको बुझिएको छ  । अध्यक्ष नेपालले केही दिनअघि खनाललाई चित्त नबुझे पार्टी छाडेर जान सकिने अभिव्यक्ति दिएका थिए । पार्टी नै छाड्ने अवस्था आए माओवादीको ढोका खुल्ला छ भन्ने सन्देश दिन पनि श्रेष्ठले भेट्नुको उदेश्य बुझ्न सकिन्छ ।

पछिल्लो समय अध्यक्ष नेपाल र खनालबीचको सम्बन्ध चिसिएको छ। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार