शुक्रबार, ६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#अर्थमन्त्री डा.स्वर्णिम वाग्ले#हिउँ चितुवाको बासस्थानमा ह्रास#हानि–नोक्सानी कोष#रवि लामिछाने#भाकल पूरा गर्न#नाकाहरूमा सवारी चाप#‘यु–१९’ महिला क्रिकेट#जिप सफारी#बन्दीपुर#अर्थमन्त्री डा. स्वर्णिम वाग्ले#भारतीय विदेशमन्त्री डा एस जयशंकर#मोहम्मद सैफउद्दिन#एनपीएल#विजयादशमीको टीका #अर्थमन्त्री डा.स्वर्णिम वाग्ले#हिउँ चितुवाको बासस्थानमा ह्रास#हानि–नोक्सानी कोष#रवि लामिछाने#भाकल पूरा गर्न#नाकाहरूमा सवारी चाप#‘यु–१९’ महिला क्रिकेट#जिप सफारी#बन्दीपुर#अर्थमन्त्री डा. स्वर्णिम वाग्ले#भारतीय विदेशमन्त्री डा एस जयशंकर#मोहम्मद सैफउद्दिन#एनपीएल#विजयादशमीको टीका
प्रदेश मधेस प्रदेश

भूमि आयोग सिरहाका दुई कर्मचारी कारागार चलान, अध्यक्षसहित पाँच जना फरार

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २६ साउन, २०८२ मा प्रकाशित
भूमि आयोग सिरहाका दुई कर्मचारी कारागार चलान, अध्यक्षसहित पाँच जना फरार
सिरहा, साउन २६ :

सुकुम्बासीका नाममा गैरसुकुम्बासीलाई सरकारी जग्गा दिलाउने, आर्थिक ठगी गर्ने र सरकारी कागजात कीर्ते गर्ने जस्ता संगठित गैरकानुनी कार्यमा संलग्न रहेको आरोपमा सिरहास्थित मालपोत तथा भूमिसुधार कार्यालय र भूमि समस्या समाधान आयोगका दुई कर्मचारी कारागार चलान भएका छन्।

जिल्ला अदालत, सिरहाले मालपोत कार्यालयका सहयोगी राजकुमार राय र भूमि समस्या समाधान आयोग सिरहाका कम्प्युटर अपरेटर सन्तोषकुमार यादवलाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो। अदालतका न्यायाधीश गोपालप्रसाद थापाको इजलासले थुनछेक बहसपछि उक्त आदेश दिएको हो।

उनीहरूलाई नरहा गाउँपालिका–३ का राजदेव यादव, सिरहा नगरपालिका–१२ का गौतम कुमार कार्की र गोलबजार नगरपालिका–७ का मोतिलाल श्रेष्ठले ठगी, लिखतसम्बन्धी कसुर तथा संगठित अपराधमा छुट्टाछुट्टै जाहेरी दिएका थिए।

जिल्ला प्रहरी कार्यालय, सिरहाले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएपछि गत शुक्रबार उनीहरूविरुद्ध ठगी र लिखत कीर्ते अभियोगमा अदालतमा मुद्दा दायर गरिएको हो। यद्यपि, संगठित अपराधमा भने हाल मुद्दा दर्ता गरिएको छैन।

उक्त मुद्दामा भूमिसम्बन्धी आयोग सिरहाका अध्यक्ष रामअधिन यादव, विष्णुपुर गाउँपालिका–१ का शिवदयाल कामति र रामदयाल कामति, सिरहा नगरपालिका–७ का शिवकुमार राय र नगिना राय कुर्मी फरार रहेका छन्। उनीहरूको खोजी जारी रहेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

थप समाचार