
प्रधानमन्त्री केपी ओलीसमक्ष बाँके र बर्दियाका जनप्रतिनिधि र उद्योगी-व्यवसायीबाट नेपालगन्ज-नयाँदिल्ली सिधा हवाई उडानका लागि ध्यानाकर्षण गराइएको छ ।
प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा भएको भेटमा नेपालगन्ज विमानस्थलमा आवश्यक पूर्वाधार विकास भइसकेकाले पश्चिम नेपालको ३२ जिल्लाको हवाई सुविधा र व्यावसायिक श्रीवृद्धिका लागि नेपालगन्ज-नयाँदिल्ली सिधा हवाई सेवा सञ्चालनको माग गरिएको हो ।
नेपालगन्ज-दिल्ली सिधा उडानका लागि पहल गर्छु : परराष्ट्रमन्त्री राणा
नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंकबहादुर धामीले प्रधानमन्त्रीलाई ध्यानाकर्षण हस्तान्तरण गरेका थिए । मागपत्र बुझेपछि प्रधानमन्त्री ओलीले आफू यसका लागि सकारात्मक रहेको र भारत सरकारसँग छलफल गरिने विश्वास दिलाए ।
उनले नेपालगन्ज विमानस्थलको धावनमार्ग थप विस्तार र जमिन संरक्षणलगायत काममा पनि चासो दिन आग्रह गरे ।