सोमबार, २६ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कांग्रेस पदाधिकारी#अनुजा अधिकारी आचार्य#रसुवाकी शिक्षिका#पृथ्वी राजमार्ग#दुईतर्फी यातायात सञ्चालन#बीपी राजमार्ग#पुनर्निर्मित सडकबाटै आवागमन#कवितासंग्रह#गीतिसंग्रह#सुदूरपश्चिम प्रदेश सरकार#बजेट प्रस्तुत#पाँच जना सम्पर्कविहीन#रवि लामिछाने#उद्धार र राहत#विनोद चौधरी#उपसभापति#दसैँघर #कांग्रेस पदाधिकारी#अनुजा अधिकारी आचार्य#रसुवाकी शिक्षिका#पृथ्वी राजमार्ग#दुईतर्फी यातायात सञ्चालन#बीपी राजमार्ग#पुनर्निर्मित सडकबाटै आवागमन#कवितासंग्रह#गीतिसंग्रह#सुदूरपश्चिम प्रदेश सरकार#बजेट प्रस्तुत#पाँच जना सम्पर्कविहीन#रवि लामिछाने#उद्धार र राहत#विनोद चौधरी#उपसभापति#दसैँघर
राजनीति बागमती प्रदेश

बागमती प्रदेशसभा : नयाँ भवनबाट बैठक सञ्चालन हुँदै

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २७ साउन, २०८२ मा प्रकाशित
बागमती प्रदेशसभा : नयाँ भवनबाट बैठक सञ्चालन हुँदै
हेटौंडा, साउन २७ :

बागमती प्रदेशसभाको बैठक आज (मंगलबार) देखि प्रदेशसभा सचिवालयको नयाँ भवनमा सञ्चालन हुने भएको छ ।

भवनको सबै काम सकेर हस्तान्तरण भइसकेकाले आजबाट नयाँ भवनमा प्रदेशसभाको बैठक सञ्चालन गर्ने तयारी भएको प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलले जानकारी दिए ।

गत २०७७ मंसिर १० गते शिलान्यास भई १८ महिनामा सक्ने गरी २०७७ कात्तिकमा प्रदेशसभा भवनको ठेक्का लागेको थियो । तर ठेकेदार कम्पनीको ढिलाइका कारण ठेक्का सम्झौता भएको करिब पाँच वर्षपछि प्रदेशसभा भवन निर्माण सम्पन्न भएको हो ।

सहरी विकास तथा भवन कार्यालय हेटौंडा मकवानपुरमार्फत अर्घाखाँची-सगुन-पारामाउन्ट जेभीले पाँच करोड २९ लाखको लागतमा भवन निर्माण गरेको सहरी विकास तथा भवन कार्यालयका प्रमुख इन्जिनियर सुवोध अधिकारीले जानकारी दिए ।

साथै आजै नयाँ भवनमा बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विश्वासको मत लिँदै छन् ।

यो पनि…

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री बानियाँले विश्वासको मत लिँदै

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार