आइतबार, २५ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#घटस्थापना#बडादसैँको पहिलो दिन#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान #घटस्थापना#बडादसैँको पहिलो दिन#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान
समाचार खेलकुद

‘एमएफएन फाइटर रवीन्द्र ढाटलाई ५ लाख रुपैयाँ दिने मन्त्रिपरिषद्‌बाट निर्णय भएको छ’

देशमै रोजगारी सिर्जना गर्ने गरी आज/भोलिभित्रै युवा नीति ल्याउँछौं : युवा तथा खेलकुदमन्त्री चौधरी
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २७ साउन, २०८२ मा प्रकाशित
‘एमएफएन फाइटर रवीन्द्र ढाटलाई ५ लाख रुपैयाँ दिने मन्त्रिपरिषद्‌बाट निर्णय भएको छ’
काठमाडौं, साउन २७ :

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले म्याट्रिक्स फाइट नाइट १७ (एमएफएन १७) च्याम्पियन नेपाली एमएमए फाइटर रवीन्द्र ढाटलाई पाँच लाख रुपैयाँ पुरस्कार दिने मन्त्रिपरिषद्ले निर्णय गरेको बताएका छन् ।

‘हिजो (सोमबार) मात्रै मन्त्रिपरिषद्‌बाट पाँच लाख रुपैयाँ दिने कुरा पास भएको छ । प्रशिक्षकलाई पनि २ लाख दिने भनिएको छ । प्रक्रिया मिलाउने काम भएको छ,’ राजधानीमा मंगलबार आयोजित साक्षात्कारमा उनले भने, ‘कानुन, ऐन मिलाउनुपर्ने हुन्छ । राष्ट्रपतिले सम्मान गर्नु पनि ठुलो कुरा हो । आर्थिक सहयोगका लागि त सरकारले निर्णय लिएको छ ।’

सरकारले अहिले ट्यालेन्ट हन्ट कार्यक्रम अघि बढाएको पनि मन्त्री चौधरीले सुनाए । देशव्यापी रुपमा सबै खेलका लागि आवश्यक पूर्वाधार विकासको लागि काम भइरहेको चौधरीको भनाइ छ ।

उनले युवाहरुलाई स्वदेशमै रोजगारी सिर्जना गर्न आज/भोलिभित्रै युवा नीति ल्याउन लागेको घोषणा पनि गरे । उनले युवाहरुका लागि सीप विकास, उद्यमशीलता र रोजगारी सिर्जनाका लागि आफू दत्तचित्त भएर लागिपरेको दाबी  गरे । उनले भने, ‘म पनि केही गर्न सक्छु भनेर प्रतिबद्धता लिन युवाहरुलाई म आग्रह गर्दछु । देशको विकास र नेतृत्व तहमा पुग्नेगरि सकारात्मक पहल लिनुहोस् । तल्लो तहदेखि युवाहरुलाई अघि बढाउन सीप विकास गर्नका लागि, उद्यमशील बनाउन र रोजगारी सिर्जना गराउन आफू नेतृत्वको मन्त्रालय गम्भीर भएर लागिपरेको छु ।’

अहिले युवा मन्त्रालयले सीप, तालिम, मेलाको आयोजनाको साथै युवालाई ऋण पनि दिएको उनको भनाइ छ । उनले भने, ‘युवा स्वरोजगार कोष छ । यहाँ त कपाल काट्नेदेखि गहना बनाउनेसम्म अर्को देशका व्यक्तिहरु भेटिन्छन् । स्किल लिएर पनि काम गर्न हामा युवाहरु लाज मान्छन् । देश बनाउने भनेको युवाले नै हो । अरु देशका नागरिक आएर यो देश बनाउँदैन । सकारात्मक सोच राख्दा हरेक परिवर्तन हुन्छ ।’

उनले अब देशमा आन्दोलन र सत्ता परिवर्तनको कुनै खाँचो नभएको बताए । देशमा केवल विकास, रोजगारी र समृद्धिको खाँचो रहेको मन्त्री चौधरीको भनाइ छ । उनले भने, ‘हामी सबै प्रबन्ध गर्दछौं । हाम्रा युवाहरु आईटीमा, एआईमा पनि अघि बढिरहेका छन् । यो सरकारले युवाहरुको रोजगारी सिर्जना गर्न यो वर्ष १ लाख १२ हजार युवाहरुलई रोजगारी दिने भनेको छ । सातवटै प्रदेश, स्थानीय तह सबैसँग सहकार्य गरेर अघि बढेका छौं ।’ लोकतान्त्रिक सरकारले मिडियामाथि लगाम लगाउने काम नगर्ने भन्दै मिडिया काउन्सिल विद्येयकमा केही कमजोरी भए सच्याउने पनि मन्त्री चौधरीले विश्वास दिलाए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार