आइतबार, १८ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पुष्पकमल दाहाल ‘प्रचण्ड#स्थानीय निर्वाचन#उम्मेदवार छनोट समिति#डा. भद्रा पराजुली भण्डारी#केन्द्रीय सदस्य उम्मेदवारी#खर्चमा मितव्ययिता#महाधिवेशन प्रतिनिधि#बासको व्यवस्था आफैं#खुस्बु ओली#सुशासनको धज्जी उडायो#यात्रु सहायता कक्ष#आइपीयु बैठक#अधिवेशन अन्त्य#भोटेकोशी बाढी#करदाता प्रोत्साहन उपहार #पुष्पकमल दाहाल ‘प्रचण्ड#स्थानीय निर्वाचन#उम्मेदवार छनोट समिति#डा. भद्रा पराजुली भण्डारी#केन्द्रीय सदस्य उम्मेदवारी#खर्चमा मितव्ययिता#महाधिवेशन प्रतिनिधि#बासको व्यवस्था आफैं#खुस्बु ओली#सुशासनको धज्जी उडायो#यात्रु सहायता कक्ष#आइपीयु बैठक#अधिवेशन अन्त्य#भोटेकोशी बाढी#करदाता प्रोत्साहन उपहार
खेलकुद

काठमाडौं महानगरद्वारा रवीन्द्र ढाट र खोखो टोलीलाई नगदसहित सम्मान [फोटो फिचर]

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २७ साउन, २०८२ मा प्रकाशित
काठमाडौं महानगरद्वारा रवीन्द्र ढाट र खोखो टोलीलाई नगदसहित सम्मान [फोटो फिचर]
काठमाडौं, साउन २७ :

काठमाडौं महानगरपालिकाले  म्याट्रिक्स फाइट नाइट १७ (एमएफएन १७) च्याम्पियन नेपाली एमएफएन फाइटर रवीन्द्र ढाट र  खोखो विश्वकपमा उपविजेता बनेको नेपालको पुरुष र महिला टोलीलाई नगद पुरस्कारसहित सम्मान गरेको छ । 

महानगरले रवीन्द्रलाई दुई लाख र खोओ विश्वकप पुरुष र महिला टोलीलाई ११/११ लाख रुपियाँ पुरस्कारसहित सम्मान गरेको हो । दुवै खेल हालै भारतमा सम्पन्न भएका हुन् ।

रवीन्द्र र खोखो टोलीलाई महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) उपप्रमुख सुनिता डङ्गोल, प्रमुख प्रशासकीय अधिकृत र सामाजिक विकास समितिका संयोजकलगायतले सम्मान गरेका हुन्।

एमएमए फाइटर रवीन्द्रलाई सरकारले पनि पाँच लाख पुरस्कार दिने निर्णय गरेको खेलकुदमन्त्री  तेजुलाल चौधरीले जानकारी दिएका छन्। लामो समयदेखि एमएफएन फाइट खेल्दै आएका रवीन्द्र यसअघिका भारतका च्याम्पियन कोरेनलाई पराजित गरेपछि देश-विदेशमा परिचित भएका छन् ।

 

शेयर: Facebook Twitter WhatsApp

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार