आइतबार, १८ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पुष्पकमल दाहाल ‘प्रचण्ड#स्थानीय निर्वाचन#उम्मेदवार छनोट समिति#डा. भद्रा पराजुली भण्डारी#केन्द्रीय सदस्य उम्मेदवारी#खर्चमा मितव्ययिता#महाधिवेशन प्रतिनिधि#बासको व्यवस्था आफैं#खुस्बु ओली#सुशासनको धज्जी उडायो#यात्रु सहायता कक्ष#आइपीयु बैठक#अधिवेशन अन्त्य#भोटेकोशी बाढी#करदाता प्रोत्साहन उपहार #पुष्पकमल दाहाल ‘प्रचण्ड#स्थानीय निर्वाचन#उम्मेदवार छनोट समिति#डा. भद्रा पराजुली भण्डारी#केन्द्रीय सदस्य उम्मेदवारी#खर्चमा मितव्ययिता#महाधिवेशन प्रतिनिधि#बासको व्यवस्था आफैं#खुस्बु ओली#सुशासनको धज्जी उडायो#यात्रु सहायता कक्ष#आइपीयु बैठक#अधिवेशन अन्त्य#भोटेकोशी बाढी#करदाता प्रोत्साहन उपहार
समाचार

काठमाडौं महानगरको चेतावनी- भ्रामक विज्ञापन गरे कारबाही

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २९ साउन, २०८२ मा प्रकाशित
काठमाडौं महानगरको चेतावनी- भ्रामक विज्ञापन गरे कारबाही
काठमाडौं, साउन २९ :

काठमाडौं महानगरपालिकाले भ्रामक विज्ञापनसहित अनुचित व्यापारिक क्रियाकलाप नगर्न उद्योगी, व्यवसायीलाई सचेत गराएको छ ।

महानगरले आज सूचना जारी गर्दै जुत्ता, लत्ताकपडाजस्ता आधारभूत र दैनिक आवश्यकताका वस्तु तथा सामान बिक्रीका लागि भ्रामक विज्ञापन हुने गरेको जनगुनासो आएको भन्दै त्यसो गरेको पाइए कारबाही हुने चेतावनी दिएको हो ।

‘झुटो प्रचार र ब्रान्डको दुरुपयोग गरेर अनुचित तथा अनधिकृत व्यापारिक क्रियाकलाप भइरहेको गुनासोप्रति महानगरको गम्भीर ध्यानाकर्षण भएको छ,’ सूचनामा भनिएको छ, ‘उद्यमी तथा व्यवसायीलाई वस्तु तथा सामान बिक्री-वितरण गर्दा व्यापारिक आचारण पालना गर्न र उपभोक्तालाई भ्रामक सूचनाको पछाडि नलाग्न आग्रह गर्दछौं ।’

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार