शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध#कुकुरसहित प्रहरीको चेकिङ #टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध#कुकुरसहित प्रहरीको चेकिङ
समाचार अर्थतन्त्र

‘नेपाललाई कृषिमा आत्मनिर्भर बनाउन आफ्नो माटो र वातावरण सुहाउँदो प्रणाली रोज्नुपर्छ’

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, ३० साउन, २०८२ मा प्रकाशित
‘नेपाललाई कृषिमा आत्मनिर्भर बनाउन आफ्नो माटो र वातावरण सुहाउँदो प्रणाली रोज्नुपर्छ’
भक्तपुर, साउन ३० :

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले नेपाललाई कृषिमा आत्मनिर्भर बनाउन देशभरका स्थानीय तहले आफ्नो माटो र वातावरण सुहाउँदो कृषि प्रणाली रोज्नुपर्ने बताएका छन् ।

भक्तपुरमा आज (शुक्रबार) आयोजित चाँगुनारायण सिटी एभोकाडो अभियान समापन तथा अभियन्ता सम्मान कार्यक्रममा अध्यक्ष दाहालले चाँगुनारायणमा सञ्चालन भएको एभोकाडो अभियानबाट सबै स्थानीय तहले सिक्नुपर्ने धारणा राखे ।

‘चाँगुनारायणमा सञ्चालन गरेको एभोकाडो सिटी अभियानले प्राप्त गरेको सफलताबाट देशभरका ७५३ स्थानीय तहले सिक्नुपर्छ,’ उनले भने, ‘प्रत्येक स्थानीय तहले आफ्नो क्षेत्रको माटो सुहाउँदो कृषि, फलफूललगायत उपज फलाउन सके देश कृषिमा आत्मनिर्भर हुन्छ ।’

राष्ट्रिय अर्थतन्त्रको विकास गर्ने प्रक्रियाबाट मात्र देशलाई समृद्ध बनाउन सकिने उल्लेख गर्दै अध्यक्ष दाहालले मौलिक नमुनासहितको आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र अपरिहार्य रहेको बताए । पछिल्लो समय ‘देशमै केही गरौं, देशमै आत्मनिर्भर बनौं’ भनेर धेरै युवाले समूहगत रुपमा काम गर्न थालेको उनले बताए । उनले भने, ‘विदेशीको नक्कल गर्ने प्रवृत्ति दुर्भाग्यपूर्ण छ । आफ्नै देशमा रोजगारी सिर्जना गर्नेतिर सबैले आ-आफ्नो ठाउँबाट पहल र प्रोत्साहित गर्नुपर्छ । सबै जुटे देश आत्मनिर्भर हुन समय लाग्दैन ।’

देशमा मौलिक अर्थतन्त्रको मोडल विकास गर्नुको साटो विदेश जाने र नक्कल गर्ने प्रचलन बढेकामा चिन्ता जनाए । उनले नेपालको संस्कृति, भाषा एवं देशप्रति गर्व गर्ने मानसिकताको विकास हुन नसक्नु आजको चुनौती रहेको बताए ।

देशभित्रै प्राकृतिक स्रोतसाधन, कृषि, पर्यटन, ऊर्जालगायत क्षेत्रमा अथाह सम्भावना रहेको औल्याउँदै उनले सकारात्मक सोचका साथ रचनात्मक काम अघि बढ्न सके देश विकास टाढा नभएको बताए । देशमै रोजगार सिर्जना भई उत्पादकत्व वृद्धि हुने र विदेश जाने संस्कृतिलाई निरुत्साहित गर्नुपर्ने बताउँदै अध्यक्ष दाहालले नयाँ नेपाल निर्माणका लागि सबैले त्यसलाई प्रोत्साहित गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा, चाँगुनारायण नगरपालिकाका पूर्वप्रमुख सोम मिश्र, सिटी एभोकाडो अभियानका अभियन्ता तथा माओवादी केन्द्रका नेता डीपी ढकाल, अभियानका चाँगुनारायाण संयोजक नरेश खड्कालगायतले एभोकाडो अभियानले ल्याएको सकारात्मक ऊर्जाबारे चर्चा गरेका थिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार