मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

भारतका विदेश सचिव आइतबार काठमाडौं आउँदै

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, ३१ साउन, २०८२ मा प्रकाशित
भारतका विदेश सचिव आइतबार काठमाडौं आउँदै
काठमाडौं, साउन ३१ :

परराष्ट्र सचिव अमृतबहादुर राईको सौहार्दपूर्ण निमन्त्रणामा भारतका विदेश सचिव विक्रम मिश्री नेपालको दुईदिने औपचारिक भ्रमणमा आइतबार (भोलि) काठमाडौं आउँदै छन् ।

भ्रमणका क्रमका सचिवद्वयबीच नेपाल-भारत साझेदारीका विभिन्न पक्षका साथै कनेक्टिभिटी’,विकास सहयोग र पारस्परिक हितका विविध विषयमा केन्द्रित रहेर छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यहाँ रहँदा भारतका विदेश सचिवले नेपालका उच्च अधिकारीहरूसँग पनि भेट गर्ने कार्यक्रम गरेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार