शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध#कुकुरसहित प्रहरीको चेकिङ#मादल#पेसा ‘सङ्कटमा’ #सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध#कुकुरसहित प्रहरीको चेकिङ#मादल#पेसा ‘सङ्कटमा’
समाचार प्रदेश

बर्खामा मनोहराको सुकुम्वासी बस्तीमा महानगरले डोजर चलाएकोमा माओवादीका जनसंगठनको आपत्ति

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, ३१ साउन, २०८२ मा प्रकाशित
बर्खामा मनोहराको सुकुम्वासी बस्तीमा महानगरले डोजर चलाएकोमा माओवादीका जनसंगठनको आपत्ति
काठमाडौं, साउन ३१ :

काठमाडौं महानगरपालिकाले बर्खाको समयमा भक्तपुरको मनोहरा क्षेत्रमा डोजर चलाएर सुकुम्बासी भत्काएकोप्रति माओवादी केन्द्रनिकट चार जनसंगठनहरूले आपत्ति जनाएका छन् ।

अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)का अध्यक्ष चित्रबहादुर श्रेष्ठ, अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुफ)का अध्यक्ष जगतबहादुर सिम्खडा, नेपाल दलित मुक्ति मोर्चाका अध्यक्ष दलजित श्रीपाली र अखिल नेपाल सुकुम्वासी संघका अध्यक्ष अमर परियारले संयुक्तरुपमा प्रेस वक्तव्य जारी गर्दै  यस्ता कार्य तत्काल रोक्न माग गरेका छन् ।

पानी परिरहेको समयमा टहरा भत्काउने, सामान लुटपाट गर्ने र सुकुम्वासीलाई उठिबास लगाउने कामले संविधानप्रदत्त आवास तथा भूमिअधिकार हनन् भएको वक्तव्यमा उल्लेख छ ।गरिब किसान, मजदुर, दलित र जनजाति सुकुम्वासी बसोबासीमाथि गरिएको आक्रमण अमानवीय भएको आरोप लगाएका छन् ।

ती संगठनहरूले जनताले कानुनअनुसार लालपुर्जा पाउन निवेदन दिइसकेको अवस्थामा प्रक्रिया अघि नबढाई बलजफ्ती डोजर चलाउनुले एमाले–कांग्रेस गठबन्धन सरकार, काठमाडौँ महानगरपालिका र भूमि समस्या समाधान आयोगको दलित, सुकुम्वासी तथा गरिबविरोधी चरित्र उदाङ्गो भएको दाबी गरेका छन्। पुस्तौँदेखि जोतभोग गर्दै आएका भूमिहीनलाई लालपुर्जा वितरण गर्नुपर्ने उनीहरूको माग छ।

केही दिनयता महानगरपालिकाले प्रहरी र नगर प्रहरी परिचालन गर्दै धमाधम सुकुम्वासी बस्ती र खोला अतिक्रमण गरी बनाइएका पुल-संरचनाहरु भत्काइरहेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार