
साताको पहिलो कारोबार दिन आज (आइतबार) सेयर बजार २७.१४ अंकले घटेको छ । योसँगै नेप्से २७६१.२२ विन्दुमा रोकिएको छ । यसैगरी (क) वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि ५.१५ अंकले घट्दै ४७३.६७ विन्दुमा झरेको छ ।
नेप्सेमा आज ३१७ वटा कम्पनीको ८६ हजार ६६९ पटकको कारोबारमा दुई करोड पाँच लाख १३ हजार ६२५ कित्ता सेयर किनबेच भए । जसअनुसार आज सात अर्ब ७३ करोड ५१ लाख ९५ हजार ९४ रुपैयाँबराबरको कारोबार भएको छ ।
नेप्सेमा आज १९१ कम्पनीका सेयर मूल्य घटे । जसमा ५८ वटा कम्पनीको मात्र सेयरमूल्य बढे । नेप्सेमा आज १३ समूहको सेयर कारोबार भएकामा सबै समूह राताम्मे बने ।
नेप्सेमा आज बढी कमाउने कम्पनीको सूचीमा आरबीबी म्युचुअल फन्ड परेको छ । यसको अन्तिम सेयर मूल्य प्रतियुनिट ११.३ रुपैयाँ कायम रह्यो ।
यसैगरी बढी गुमाउने कम्पनीको पहिलो सूचीमा सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेड परेको छ । यसको अन्तिम सेयरमूल्य प्रतिकित्ता १८९.८४ रुपैयाँ कायम रह्यो ।
नेप्सेमा आज नेपाल रि-इन्स्योरेन्स कम्पनी लिमिटेडको कारोबार सर्वाधिक भएको छ । नेपाल रि-इन्स्योरेन्सको अन्तिम कारोबार मूल्य प्रतिकित्ता १५७५ रुपैयाँ कायम रह्यो । यसको ५१ करोड ६७ लाख दुई हजार २०१ रुपैयाँको सेयर कारोबार भएको छ ।