
साताको दोस्रो कारोबार दिन आज (सोमबार) सेयर बजार ९.१६ अंकले बढेको छ । योसँगै नेप्से २७७०.३९ विन्दुमा रोकिएको छ । यसैगरी (क) वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि १.६६ अंकले बढ्दै ४७५.३३ विन्दुमा रोकिएको छ ।
नेप्सेमा आज ३२० वटा कम्पनीको ६७ हजार ९५९ पटकको कारोबारमा एक करोड ५२ लाख २९ हजार ८२१ कित्ता सेयर किनबेच भए । जसअनुसार आज ६ अर्ब १७ करोड ९८ लाख ५५ हजार २१० रुपैयाँबराबरको कारोबार भएको छ ।
नेप्सेमा आज १७५ कम्पनीका सेयर मूल्य बढे । जसमा ७४ वटा कम्पनीको मात्र सेयरमूल्य घटे । नेप्सेमा आज १३ समूहको सेयर कारोबार भएकामा म्युचुअल फन्ड र अन्य समूहको सूचक घट्दा बाँकी ११ समूहका सूचकमा हरियाली देखियो ।
नेप्सेमा आज बढी कमाउने कम्पनीको सूचीमा युनियन हाइड्रोपावर लिमिटेड परेको छ । यसको अन्तिम सेयरमूल्य प्रतिकित्ता ४०८.३५ रुपैयाँ कायम रह्यो ।
यसैगरी बढी गुमाउने कम्पनीको पहिलो सूचीमा सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेड परेको छ । यसको अन्तिम सेयरमूल्य प्रतिकित्ता ९४२.२१ रुपैयाँ कायम रह्यो ।
नेप्सेमा आज नेपाल रि-इन्स्योरेन्स कम्पनी लिमिटेडको कारोबार सर्वाधिक भएको छ । नेपाल रि-इन्स्योरेन्सको अन्तिम कारोबार मूल्य प्रतिकित्ता १५६०.३० रुपैयाँ कायम रह्यो । यसको २१ करोड ७५ लाख २८ हजार ८३१ रुपैयाँको सेयर कारोबार भएको छ ।