काठमाडौं, भदौ ५ :

प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिकित्सकहरूले आराम गर्न सल्लाह दिएका छन् । उनको सचिवालयका अनुसार बुधबार सामान्य ज्वरो आएपछि चिकित्सकहरुले आराम गर्न सल्लाह दिएका थिए ।

चिकित्सकको सल्लाहअनुसार उनले औपचारिक कार्यक्रम स्थगित गरी प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा आराम गरिरहेका छन् ।

‘प्रधानमन्त्रीज्यूको स्वास्थ्य अवस्था अहिले सामान्य छ । सामान्य ज्वरो आएको थियो । त्यो पनि अहिले ठीक भइसकेको छ, तैपनि चिकित्सकको सल्लाहअनुसार केही दिन आराम गर्नुहुन्छ,’ सचिवालयले भन्यो । अस्वस्थ भएपछि प्रतिनिधिसभामा सांसदका प्रश्नको जवाफ दिने बुधबारको कार्यक्रम स्थगित गरिएको थियो ।