
काठमाडौं, भदौ ६ :
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनु पर्ने आदेशको माग गर्दै सर्वोच्च अदालतमा दर्ता भएको रिटमा आजका लागि पेसी तोकिएको छ ।
जनता समाजवादी पार्टी नेपालले २०८२ असार ३२ गते सरकारलाई दिएको समर्थन फिर्ता लिने घोषणा गर्दै समर्थन फिर्ता लिएपछि विश्वासको मत लिनुपर्ने भन्दै सर्वोच्चमा रिट परेको थियो ।
अधिवक्ता वीरेन्द्र केसीले बिहीबार प्रधानमन्त्री ओलीले विश्वासको मत लिनुपर्ने भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।
अधिवक्ता केसीले प्रधानमन्त्री ओली,प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय,सभामुख देवराज घिमिरे,सङ्घीय संसद् सचिवालय र राष्ट्रपति कार्यालय शीतल निवासलाई विपक्षी बनाएर रिट निवेदन गरेका छन्।