नवलपरासी, भदौ १० :

नवलपरासी पूर्व देवचुली नगरपालिका ६ मा सामान बोक्ने अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ११ जना घाइते भएका छन् ।

वडा नम्बर ६ को टोक्रेखोला पुलनजिकै कीर्तिपुरबाट दलदलेतर्फ आउँदै गरेको लु.१स ९०९४ नम्बरको अटो दुर्घटना हुँदा भारत मोतिहारी घर भएका ३५ वर्षीय रिजुवान खातुनको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक यादव ढकालका अनुसार सडकदेखि केही तल खसेको अटोमा चालकसहित १२ जना यात्रारत थिए । घाइते सबैलाई उपचारका लागि चितवन लगिएकामा एक जनाको उपचारका  क्रममा मृत्यु भएको हो ।

भोटेकोसीमा गाडी खस्यो, दुईजना बेपत्ता

दुर्घटनाका सबै घाइते भारतीय रहेको प्रहरी उपरीक्षक ढकालले जानकारी दिए । घाइते हुनेहरूमा ३५ वर्षीया सवना खातुन, १८ वर्षीया रजिया खातुन, ४२ वर्षीय मोहम्मद रजा, १५ वर्षीया मेहेक इस्तियाक, ४० वर्षीया इस्तियाक आलम, १८ वर्षीया मौजमा इमाम, १२ वर्षीया जोया इस्तियाक, ११ वर्षीय निजामुद्दिन हुसेन, १४ वर्षीय सावा खातुन, १२ वर्षीय उमर रजा र  १६ वर्षीया कुलसुम वानु रहेकी छन् ।