काठमाडौं, भदौ १२ :

काठमाडौं जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वकेन्द्रीय सदस्य तथा राष्ट्रिय योजना आयोगका पूर्वसदस्य अरनिको पाँडेलाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।

पाँडेलाई अदालतले थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न बिहीबार अनुमति दिएको हो । ‘साइबर अपराधसम्बन्धी मुद्दामा हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ,’ साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) दीपकराज अवस्थीले भने ।

एक महिलालाई इमेल र ह्वाटसएपमार्फत यौन दुर्व्यवहार गरेको पाँडेमाथि ‍आरोप छ । ती महिलाको उजुरीपछि पाँडेलाई प्रहरीले बुधबार नियन्त्रणमा लिएको हो ।