सोमबार, ९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार राजनीति

संयुक्त राष्ट्र संघीय महासभामा नेपालले उठाउने विषयका बारेमा जानकारी

· सोमबार, १ असोज, २०८१ मा प्रकाशित
संयुक्त राष्ट्र संघीय महासभामा नेपालले उठाउने विषयका बारेमा जानकारी
काठमाडौँ, असोज १ :

प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै आफूले भाग लिने विषयमा आज प्रतिनिधिसभालाई जानकारी गराउनुभएको छ ।

महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्वसहित प्रधानमन्त्री ओली नेतृत्वको टोली आगामी असोज ४ गते संयुक्त राज्य अमेरिका जाने कार्यक्रम तय भएको छ ।

प्रधानमन्त्री ओलीले राष्ट्रसङ्घमा आफूले उठाउने विषयमा पनि बैठकलाई जानकारी दिनुभएको छ ।

प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री ओलीले एक फरक र विशिष्ट परिवेशमा आफूले संसदमा बोल्न समय माग गरेको पनि उल्लेख गर्नुभयो ।

उहाँले प्रतिनिधि सभामा उठेका विभिन्न विषयहरुमा जवाफ दिनुपर्ने भएपनि राष्ट्रसंघमा नेपालले उठाउने विषयलाई केन्द्रीत गरेर आफ्ना भनाइ राख्ने जानकारी शुरुमै गराउनुभएको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार