
जिल्ला प्रशासन कार्यालय काठमाडौंले नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले यही भदौ २४ गते गर्न लागेको विशेष साधारणसभा स्थगित गर्न निर्देशन दिएको छ ।
सोमबार नाडालाई चिठ्ठी पठाउँदै प्रशासनले विशेष साधारणसभा बोलाउनका लागि गरिएका निर्णयहरूसहित सात दिनभित्र कार्यालयमा उपस्थित पनि अनुरोध गरेको छ ।
गैरकानुनी तरिकाले बोलाउन लागिएको विशेष साधरणसभा रोकी पाउँ भनी निवदेन परेपछि प्रशासनले त्यसप्रति चासो देखाएको हो ।
प्रशासनले पठाएको चिठ्ठीमा सोधेको छ- यही भदौ १६ गते निवेदन दर्ता भएकाले विधानबमोजिम वार्षिक साधरणसभा नबोलाई के-कति कारणले विशेष साधरण् सभा गर्न लागिएको हो ?
जिल्ला प्रशासन कार्यालयमा पटक-पटक विधान संशोधनका विषयमा छलफल भएपनि हालसम्म विवाद समाधान नहुनुको कारण पनि सोधिएको छ । यसै सन्दर्भमा अटो व्यवसायीसँग छलफल भइरहेको जिल्ला कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रसाद भट्टराईले बताए ।