शनिबार, ७ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

अमेरिकाले दियो नेपाली सेनालाई एयर एम्बुलेन्स र स्काई ट्रक

बिरामीको उद्धार र सैनिक सामग्री ढुवानीमा प्रयोग हुने
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १९ भदौ, २०८२ मा प्रकाशित
अमेरिकाले दियो नेपाली सेनालाई एयर एम्बुलेन्स र स्काई ट्रक
काठमाडौं, भदौ १९ :

अमेरिकाले नेपाली सेनालाई एउटा स्काई ट्रक र एयर एम्बुलेन्स सहयोग गरेको छ ।

नेपालका लागि अमेरिकी राजदूत डिन थप्सनले जंगीअड्डामा आज आयोजित कार्यक्रममा प्रधानसेनापति अशोकराज सिग्देललाई स्काई ट्रक र एयर एम्बुलेन्स हस्तान्तरण गरेका छन् ।

एयर एम्बुलेन्स घाइते वा बिरामीहरुको उद्धारमा प्रयोग हुने छन् भने स्काई ट्रक सामग्री ढुवानीका लागि प्रयोग हुने नेपाली सेनाले जनाएको छ । अमेरिकाले समय-समयमा नेपाली सेनालाई सहयोग गर्दै आएको छ ।

हस्तान्तरण कार्यक्रममा रक्षा मन्त्री मानवीर राई र परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालगायत वरिष्ठ सैनिक अधिकारीहरुको उपस्थिति थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार