
काठमाडौं, भदौ २३ :
नयाँ बानेश्वर क्षेत्रमा अहिले नेपाली सेना परिचालन गरिएको छ । काठमाडौंमा जिल्ला प्रशासन कार्यालयले कर्फ्यू लगाएपछि सेनाको टोली खटाइएको हो । बानेश्वरमा रहेको संसद् भवन परिसरमा प्रदर्शनकारी पर्खाल भत्काएर प्रवेश गरेपछि प्रशासनले कर्फ्यू आदेश जारी गरेको थियो ।