आइतबार, ८ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

प्रदर्शनकारीले गरे मानव अधिकार आयोगको गाडीमा आगजनी

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २३ भदौ, २०८२ मा प्रकाशित
प्रदर्शनकारीले गरे मानव अधिकार आयोगको गाडीमा आगजनी
काठमाडौं, भदौ २३ :

जेनजी प्रदर्शनकारीले राष्ट्रिय मानव अधिकार आयोगको टोली सवार गाडीमा आगजनी गरेका छन् ।  नयाँ बानेश्वरस्थित ‘जेनजी’ प्रदर्शनका क्रममा भएको झडपका घाइतेको अवस्था बुझ्न त्यसतर्फ जाँदै गर्दा आन्दोलनकारीले आयोगको गाडीमा आगजनी गरेका हुन् ।

गाडीमा चार जना सवार रहेको र उनीहरू सकुशल रहेको आयोगका प्रवक्ता डा. टीकाराम भट्टराईले जानकारी दिए । प्रहरीले गरेको दमनको अनुगमन नगरेको भन्दै उनीहरु आयोगप्रति आक्रोशित भएका थिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार