
काठमाडौं, भदौ २३ :
जेनजी प्रदर्शनकारीले राष्ट्रिय मानव अधिकार आयोगको टोली सवार गाडीमा आगजनी गरेका छन् । नयाँ बानेश्वरस्थित ‘जेनजी’ प्रदर्शनका क्रममा भएको झडपका घाइतेको अवस्था बुझ्न त्यसतर्फ जाँदै गर्दा आन्दोलनकारीले आयोगको गाडीमा आगजनी गरेका हुन् ।
गाडीमा चार जना सवार रहेको र उनीहरू सकुशल रहेको आयोगका प्रवक्ता डा. टीकाराम भट्टराईले जानकारी दिए । प्रहरीले गरेको दमनको अनुगमन नगरेको भन्दै उनीहरु आयोगप्रति आक्रोशित भएका थिए ।