शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की #पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की
समाचार प्रदेश सुदूरपश्चिम प्रदेश

एसएसबीद्वारा झुलाघाट नाकामा आवातजावतमा रोक

जेनजी आन्दोलनको असर
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २५ भदौ, २०८२ मा प्रकाशित
एसएसबीद्वारा झुलाघाट नाकामा आवातजावतमा रोक
बैतडी, भदौ २५ :

भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा आवतजावतमा रोक लगाइएको छ । ‘जेनजी’ आन्दोलनले नेपालमा अशान्ति बढेसँगै भारत प्रवेश गर्न भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले नाकामा रोक लगाएको हो ।

एसएसबीले भारत प्रवेशमा रोक लगाएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले पुष्टि गरे । उनले भने, ‘भारतीय सुरक्षाकर्मीले नाकामा रोक लगाएको छ । नेपालको अशान्त परिस्थिती देखेर होला भारत प्रवेश गर्न दिइएको छैन ।’

भारतीय सुरक्षाकर्मीले प्रवेशमा रोक लगाएपछि झुलाघाटमा नेपालतर्फको प्रवेशद्वार पनि बन्द गरिएको छ । प्रजिअ पौडेलले भन्नुभयो, ‘भारत प्रवेशमा रोक लागेपछि हामीले पनि नेपालतर्फको गेट बन्द गरेर नाका सिल गरेका छौँ ।’

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार