आइतबार, ८ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
खेलकुद फुटबल

मैत्रीपूर्ण खेलका लागि नेपाल आएको बङ्गलादेशी फुटबल टोली स्वदेश फर्कियो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २६ भदौ, २०८२ मा प्रकाशित
मैत्रीपूर्ण खेलका लागि नेपाल आएको बङ्गलादेशी फुटबल टोली स्वदेश फर्कियो
काठमाडौं, भदौ २६ :

अन्तररास्ट्रिय मैत्रीपूर्ण फुटबल  खेलका लागि नेपाल आएको बङ्गलादेशी फुटबल टोली आज  स्वदेश फर्किएको छ ।

बङलादेशबाट विशेष बिमान बोलाएर बंगलादेशी टोलि  ढाकाका लागि उडेको अखिल नेपाल फुटबल सङघ (एन्फा)का प्रवक्ता सुरेश साहले जानकारी दिए। मङ्गलबारै स्वदेश फर्किने तयारीमा रहेको टोली जेनजी आन्दोलनका कारण  रोकिएको थियो ।

यही भदौ २४ गते तय भएको नेपाल र बङ्लादेशबीचको खेल जेनजी आन्दोलका कारण रद्द हुनपुगेको  थियो । त्यसअघि शनिबार भएको नेपाल र बङ्गलादेशबीचको पहिलो खेल गोलरहित बराबरीमा सकिएको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार