मंगलबार, १७ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#बालेन गगन#कार्यसमिति विवरण#आयोगमा अध्यावधिक#कांग्रेसको निर्वाचित कार्यसमिति#होर्डिङ बोर्ड विज्ञापन#राजस्व उठाउने तयारीमा#प्रतिभा रावल#भूमिहीन#जग्गाधनी पुर्जा वितरण#काठमाण्डु गोर्खाज#पहिलो जित दर्ता#प्रस्तावित राजदूत#जीज्ञानकुमार थापा#भोटेकोशी बाढी प्रभावित#परराष्ट्र मन्त्रालयका सचिव#अमृतबहादुर राई#प्रतिपक्षी दल#संसद् बैठक आह्वान गर्न माग#महासचिव शंकर पोखरेल #बालेन गगन#कार्यसमिति विवरण#आयोगमा अध्यावधिक#कांग्रेसको निर्वाचित कार्यसमिति#होर्डिङ बोर्ड विज्ञापन#राजस्व उठाउने तयारीमा#प्रतिभा रावल#भूमिहीन#जग्गाधनी पुर्जा वितरण#काठमाण्डु गोर्खाज#पहिलो जित दर्ता#प्रस्तावित राजदूत#जीज्ञानकुमार थापा#भोटेकोशी बाढी प्रभावित#परराष्ट्र मन्त्रालयका सचिव#अमृतबहादुर राई#प्रतिपक्षी दल#संसद् बैठक आह्वान गर्न माग#महासचिव शंकर पोखरेल
समाचार

संविधानको रक्षामा बारको चासो : साँझ ५ बजे दीप प्रज्वलन गर्ने

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २७ भदौ, २०८२ मा प्रकाशित
संविधानको रक्षामा बारको चासो :  साँझ ५ बजे दीप प्रज्वलन गर्ने
काठमाडौं, भदौ २७ :

कानुन व्यवसायीहरूको छाता सङ्गठन नेपाल बार एसोसिएसनले संविधानको रक्षा गर्न आज दीप प्रज्वलन गर्ने भएको छ ।

बारका अध्यक्ष प्रा.डा विजयप्रसाद मिश्रले संविधानभित्र रहेर मुलुकलाई निकास दिनुपर्ने उद्देश्यका साथ आज साँझ ५ बजे दीप प्रज्वलन गर्ने र त्यसअघि अहिले १ बजे ‘जेनजी’ आन्दोलनमा मृत्यु भएका मृतकप्रति श्रद्धाञ्जली तथा घाइतेको स्वास्थ्य लाभको कामना गर्ने कार्यक्रम रहेको बताए ।

उपत्यकाबाहिर र देशभरका बारहरूले सभाको आयोजना गरी आन्दोलनमा मृत्यु भएकाप्रति श्रद्धाञ्जली र घाइतेको स्वस्थ्य लाभको कामना गर्ने जनाइएको छ ।

साँझ ५ बजे दीप प्रज्वलन कार्यक्रममा सम्पूर्ण कानुन व्यवसायीलाई कालोकोटसहितको ड्रेसमा संविधानको पुस्तकसहित उपस्थित हुन बारले अनुरोध गरेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार