बुधबार, १८ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#ध्यक्ष केपी शर्मा ओली#लुम्बिनी शीर्षस्थानमा#हेलिकप्टर दुर्घटना#मेडिसिटीमा उपचार हुँदै#विराटनगर किङ्स#संसद् बैठक बोलाइयोस्#भाइटीका#साइत सार्वजनिक#सदस्य सचिव#सन्तोष पाण्डे#लुम्बिनी विकास कोष#संयोजक पुष्पकमल दाहाल#वाम एकताका लागि अपिल#पत्रकार धरपकड#सरकारलाई जानकारी थिएन#नेपाली कांग्रेस देउवा समूह #ध्यक्ष केपी शर्मा ओली#लुम्बिनी शीर्षस्थानमा#हेलिकप्टर दुर्घटना#मेडिसिटीमा उपचार हुँदै#विराटनगर किङ्स#संसद् बैठक बोलाइयोस्#भाइटीका#साइत सार्वजनिक#सदस्य सचिव#सन्तोष पाण्डे#लुम्बिनी विकास कोष#संयोजक पुष्पकमल दाहाल#वाम एकताका लागि अपिल#पत्रकार धरपकड#सरकारलाई जानकारी थिएन#नेपाली कांग्रेस देउवा समूह
समाचार

पाँच दिनदेखि बन्द रहेको सार्वजनिक सवारीसाधन सञ्चालन

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, २८ भदौ, २०८२ मा प्रकाशित
पाँच दिनदेखि बन्द रहेको सार्वजनिक सवारीसाधन सञ्चालन
फाइल तस्वीर ।
काठमाडौं, भदौ २८ :

जेनजीको प्रदर्शनका कारण पाँच दिनदेखि बन्द रहेको काठमाडौँ उपत्यकाको सार्वजनिक सवारीसाधनको आवागमन सञ्चालन भएको छ ।

काठमाडौँ उपत्यकामा आज सार्वजनिक बस, ट्याक्सीलगायत सवारीसाधन बिहानैदेखि चलिरहेका छन् । जेनजीको प्रदर्शनका कारण गत मङ्गलबारदेखि काठमाडौँ उपत्यकामा ठप्प रहेको सार्वजनिक सवारीसाधनको आवागमन आजदेखि सुरु भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक दीपक गिरीले जानकारी दिए।

उनले भने, ‘शुक्रबार सार्वजनिकलगायतका सवारीसाधन फाट्टफुट्ट मात्रै चलेका थिए । बिहानदेखि बाक्लो सङ्ख्यामा चलेका छन् । यात्रुहरुको  चहल पहल बढेको देखिन्छ ।’ त्यसैगरी चितवनतर्फबाट आज सार्वजनिक बसहरु काठमाडौँका लागि प्रस्थान गरेकाले काठमाडौँबाट बाहिरी जिल्लामा जाने सवारीसाधन आज साँझदेखि चल्न सक्ने ट्राफिक प्रहरीले जनाएको छ ।

गत मङ्गलबारदेखि उपत्यका लगायतका सबै क्षेत्रमा जेनजीको प्रदर्शन भएसँगै नेपाली सेनाले कर्फ्यु लगाएपछि सार्वजनिक सवारीसाधन बन्द गरिएका थिए । आज बिहानदेखि काठमाडौँको कर्फ्यु हटाइएकाले जनजीवन सामान्य बनेको हो । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार