म्यानमारमा यागीका कारण ज्यान गुमाउनेको संख्या २ सय २६ पुग्यो
बुधबार, ३ असोज, २०८१ मा
प्रकाशित
काठमाण्डौं, असोज ३ :
म्यानमारमा यागी आँधीका कारण ज्यान गुमाउनेको संख्या २ सय २६ पुगेको छ । झण्डै ८० जना अझै बेपत्ता रहेको त्यहाको सैनिक सरकारले जनाएको छ ।
सेप्टेम्बरको सुरुमा उत्तरी भियतनाम, लाओस, थाइल्याण्ड र म्यानमारमा आएको आँधीले यस क्षेत्रमा अहिलेसम्म ५ सय भन्दा बढी मानिसको ज्यान लिइसकेको समाचार छ । आँधी पछि म्यानमारमा ठूलो बाढी र पहिरो गएको छ । धेरै गाउँहरू ध्वस्त भएका छन् ।
लाखौं एकड बाली नष्ट भएपछि संयुक्त राष्ट्रसंघले ५० लाखभन्दा बढी मानिसलाई खाद्यान्नका साथै पिउने पानी, बास र लत्ताकपडाको तत्काल आवश्यकता रहेको जनाएको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।