काठमाडौं, असोज १ :

 न्याय सेवा आयोगले रिक्त २१ जिल्ला न्यायाधीशका लागि विज्ञापन खुलाएको छ ।   प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको अध्यक्षतामा बसेको न्याय सेवा आयोगको बैठकले संविधानले तोकेको प्रतिशतअनुसार परीक्षाबाट न्यायाधीश नियुक्तिका लागि विज्ञापन गरेको हो ।

आयोगले आन्तरिक खुला ११, खुला ६, महिला १, आदिवासी/जनजाति २ र मधेशी १ जनाको कोटा खुलाएको छ। विज्ञापन खुलाएको ३० दिनभित्र दरखास्त दिन सकिने आयोगको सूचनामा उल्लेख छ। आयोगको ३१ भदौको बैठकले  सूचना जारी गरेको हो ।